काठमाडौं – नेकपा एमालेले अल्पमतको सरकार गठन गरेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारको मन्त्रिपरिषद्मा नियुक्त ५ मन्त्रीहरूलाई जिम्मेवारी बाँडफाँड गरेका छन् ।
मुख्यमन्त्री गुरुङले राजीनामा दिएसँगै पदमुक्त भएका मन्त्रीहरूलाई मुख्यमन्त्रीले पुनः कार्यभार सम्हालेपछि पुनर्नियुक्त गरेका हुन् ।
पुनर्नियुक्त मन्त्री किरण गुरुङले आर्थिक तथा मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् भने मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’लाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मन्त्रीहरूको कार्यविभाजन अनुसार किरण गुरुङलाई अर्थ, भूमि व्यवस्था, कृषि सहकारी तथा गरीबी निवारण मन्त्रालय, रामशरण बस्नेतलाई भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था र ऊर्जा जलस्रोत तथा खानेपानी कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मन्त्री नरदेवी पुनमगरले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, विकास लम्सालले पर्यटन, उद्योग, वाणिज्य आपूर्ति, वन वातावण तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मुख्यमन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीमा राजीव गुरुङ ‘दीपक मनाङे’लाई नै दोहोर्याएका छन् ।
पढ्नुहोस् प्रेस विज्ञप्ति –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।