आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीविरुद्ध उजुरी परे १ लाख जरिवाना, यस्तो गल्ती गरेपछि ...

केपी ओलीविरुद्ध उजुरी परे १ लाख जरिवाना, यस्तो गल्ती गरेपछि ...

  • मिडिया डबली
  • बुधवार, जेठ ५ २०७८

  • 8.4K
    SHARES

  • केपी ओलीविरुद्ध उजुरी परे १ लाख जरिवाना, यस्तो गल्ती गरेपछि ...

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचलित संविधान, कानूनलाई बेवास्ता गर्दै मनपरी गर्दै आएको घटना नौलो होइन । मनपरीकै कारण ओली पटक–पटक विवादमा पर्दै आएका छन् ।

    बागमती प्रदेशतर्फ राष्ट्रियसभा सदस्यका लागि भोलि बिहीबार हुने उपनिर्वाचन अन्तर्गत मौन अवधि सुरु भइसकेको अवस्थामा नेकपा एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’का लागि भोट मागेर ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।

    ओलीले बुधबार लिखित अपिल सार्वजनिक गर्दै थापालाई मतदान गरेर जिताउन आग्रह गरेका छन् । हिजो मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले उपनिर्वाचनको मौन अवधि जेठ ३ गते रातिदेखि लागू भएको जनाएको थियो ।

    मौन अवधिको आचारसंहिता लागू भएपछि चुनाव प्रचारप्रसार गर्न र मत माग्न नपाइने तथा सामाजिक सञ्जाल र विद्युतीय माध्यमबाट समेत मत माग्न नपाइने प्रावधान छ । तर ओलीले सार्वजनिक रूपमै मत मागेका छन् ।

    ओलीले अपिलमा भनेका छन्, ‘जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ । उहाँ नेपालको कम्युनिस्ट आन्दोलनको १ जना वरिष्ठ नेता हुनुहुन्छ । उहाँको विजयले कम्युनिस्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्‍याउने छ । तसर्थ यस निर्वाचनमा एकताबद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु ।’

    एमाले भएर थापालाई मत नदिनेलाई कारवाही हुने धम्की समेत ओलीले दिएका छन् । ‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिह्नलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो । यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन्,’ अपिलमा उल्लेख छ ।

    निर्वाचन आचारसंहिता–२०७२ मा मौन अवधिमा पालन गर्नुपर्ने आचरणको बुँदामा ‘निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने’ उल्लेख गरिएको छ । आचारसंहितामा नेपाल र प्रदेश सरकारका मन्त्री वा सार्वजनिक पद धारण गरेका व्यक्तिले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार गर्न नहुने उल्लेख छ । तर प्रधानमन्त्री ओली स्वयं नै प्रचारप्रसार गर्दै धम्कीयुक्त भाषा प्रयोग गरिरहेका छन् ।

    निर्वाचन आयोगले भने आचारसंहिता उल्लंघनको उजुरी आएमा जाँचबुझ हुने जनाएको छ । उजुरीमा जाँचबुझपछि ओलीले आचारसंहिता उल्लंघन गरेको पाइएमा १ लाख रुपैयाँसम्म जरिवाना गर्नसक्ने कानूनी व्यवस्था रहेको छ ।

    उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समर्थनमा एमाले माधवकुमार नेपाल पक्षका डा. खिमलाल देवकोटा प्रतिस्पर्धामा रहेका छन् । 

    यस्तो छ अपिल –

    k1.jpgk2.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend