आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेसले दियो हेटौंडा अस्पताललाई ६४ सिलिन्डर अक्सिजन

कांग्रेसले दियो हेटौंडा अस्पताललाई ६४ सिलिन्डर अक्सिजन

  • मिडिया डबली
  • बुधवार, जेठ ५ २०७८

  • 8.7K
    SHARES

  • कांग्रेसले दियो हेटौंडा अस्पताललाई ६४  सिलिन्डर अक्सिजन

    काठमाडौं - नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समिति, मकवानपुरले हेटौंडा अस्पताललाई ६४ थान अक्सिजनसहितका सिलिन्डर सहयोग गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी र जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका एसपी प्रकाश मल्लको विशेष सहयोगमा कांग्रेसले अक्सिजनसहितको सिलिन्डर संकलन गरेको हो ।

    कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति इन्द्रबहादुर बानियाँको विशेष पहलमा अक्सिजनसहितको सिलिन्डर संकलन भएको हो । समितिले यसअघि अग्रपंक्तिमा खटिने पत्रकार र सुरक्षाकर्मीलाई मास्क, सेनेटाईजर, ग्लोभ्स जस्ता स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

    हस्तान्तरण कार्यक्रममा कांग्रेस नगर सभापति आनन्दराम पराजुली, वडा नम्बर ५ का वडाध्यक्ष राजेश बानियाँ, तरुण दल नगर अध्यक्ष सुनिल गिरीलगायतको उपस्थिति थियो । कांग्रेसको शुभेच्छुक भ्रातृसंस्थाको सहयोगमा एकचोटि २४ र एकचोटि ४० गरेर ६४ सिलिन्डर अक्सिजन हेटौंडा अस्पताललाई दिइएको हो ।

    यसैगरी कांग्रेस मकवानपुरले कोभिडको फ्रन्टलाइनमा रहेर सूचना संकलन गर्ने र पत्रकारिता गर्दै आएका पत्रकार जो कोभिड संक्रमित छन्, उनीहरूलाई सुरक्षा सामग्री र पोषणयुक्त खानाका लागि ३० हजार रुपैयाँ सहयोग गरेको छ ।
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend