आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महन्थ ठाकुरले छाडे केपी ओलीको साथ, कम्युनिस्ट सरकारलाई धक्का !

महन्थ ठाकुरले छाडे केपी ओलीको साथ, कम्युनिस्ट सरकारलाई धक्का !

  • मिडिया डबली
  • मंगलवार, जेठ ४ २०७८

  • 6.4K
    SHARES

  • महन्थ ठाकुरले छाडे केपी ओलीको साथ, कम्युनिस्ट सरकारलाई धक्का !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिएर प्रधानमन्त्री रहिरहन खोजिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले साथ छाडेका छन् ।

    ओलीले एमालेभित्रको माधवकुमार नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई समेटेर स्पष्ट बहुमत पुग्ने लेखाजोखा गरिरहेका बेला ठाकुर पक्षले सरकारमा सहभागी नहुने स्पष्ट पारेको छ ।

    यसअघि ओलीले विश्वासको मत लिँदा समेत ठाकुर पक्ष तटस्थ बसेको थियो । महन्थले ओलीको साथ छाडेपछि विभाजनको डिलमा पुगेको जसपामा नयाँ सहमति जुटेको छ ।

    अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच आफ्नै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्थामा सरकार गठनमा अगाडि बढ्ने सहमति भएको छ । यसको अर्थ जसपाको कुनै पनि पक्ष ओली सरकारमा सहभागी हुने छैन ।

    दुबै अध्यक्षबीच तत्काल सरकारमा नजाने तर राष्ट्रिय सहमति भएमा सरकारमा जाने सहमति भएको छ । 

    जसपाका अध्यक्षद्वयले जारी गरेको वक्तव्यमा उल्लेख छ, ‘राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वको सरकार बन्ने अवसर प्राप्त हुनसक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ ।’

    जसपाका नेताहरुका अनुसार राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा सरकारको अभ्यास ७६(३) का प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत नपाएपछि हुने भएको छ । केही दिनअघि जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पूर्व प्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने सुझाव दिएका थिए ।

    यस्तो छ जसपा अध्यक्षबीचको सहमति –

    l1.jpgl2.jpg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend