आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चुनावी आचारसंहिता मिच्दै माधव नेपालको शरणमा पुगेका गृहमन्त्री बादललाई ठूलो धक्का !

चुनावी आचारसंहिता मिच्दै माधव नेपालको शरणमा पुगेका गृहमन्त्री बादललाई ठूलो धक्का !

  • मिडिया डबली
  • मंगलवार, जेठ ४ २०७८

  • 5.1K
    SHARES

  • चुनावी आचारसंहिता मिच्दै माधव नेपालको शरणमा पुगेका गृहमन्त्री बादललाई ठूलो धक्का !

    काठमाडौं – नेकपा एमालेभित्र विवाद मिलिनसकेको बेला हुन गइरहेको बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेबाट उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ठूलो धक्का लागेको छ ।

    जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले प्रचारप्रसार नगर्नु भनेर आचारसंहिता जारी गरिसकेको बेला भोट माग्न एमाले नेता माधवकुमार नेपालको शरणमा पुगेका बादललाई धक्का लागेको हो ।

    नेता नेपालले उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटालाई सहयोग गर्ने स्पष्ट पारेका छन् । एमालेमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति हुनुअघि नै नेपाल पक्षले देवकोटालाई उम्मेदवार बनाइसकेको थियो । बादल उपनिर्वाचनमा सहयोग गर्न आग्रह गर्दै मंगलबार नेपाल निवास कोटेश्वर पुगेका थिए ।

    बादलसँगको भेटमा नेता नेपालले खिमलाललाई उम्मेदवार बनाइसकेकाले अब बेइमानी गर्न नसक्ने बताएका थिए । नेपाल पक्षीय उम्मेदवारलाई चुनावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत दलले समर्थन गरेका छन् । एमालेको ओली पक्षको मात्रै भोट आउँदा गृहमन्त्री समेत रहेका बादल चुनाव हार्ने स्थिति रहेको छ ।

    भेटमा नेता नेपालले बादललाई नमीठो जवाफ दिँदै भने, ‘मैले तपाईंलाई सहयोग गर्छु भन्न मिल्दैन । तपाईं राजनीतिक मान्छे हो बुझिहाल्नुहुन्छ । विश्वासभन्दा ठूलो केही हुँदैन भनेर भनेको छु । तपाईं अहिले मात्रै मत माग्न आउनुभयो । मैले खिमलालजीलाई सुरुदेखि नै अघि सारेको हो । त्यसैले यसबारेमा अरु कुरा भन्न सकिँदैन ।’

    नेता नेपालको कुरा सुनेर बादल निराश भएर फर्किएका स्रोतले जनाएको छ । एमालेमा विवाद मिलाउन कार्यदलले काम गरिरहेको भएपनि उपचुनावमा एमाले उम्मेदवार थापा नराम्रोसँग हार्ने संकेत नेता नेपालले दिएका छन् ।

    एमाले उम्मेदवार हारेपछि पार्टीमा विवाद बढ्छ कि बढ्दैन, भविष्यले बताउने छ । यसअघि एमाले महासचिव ईश्वर पोखरेलले एमाले उम्मेदवारलाई मतदान गर्न ह्वीप जारी गरेका छन् । एमाले एकढिक्का भएमा पार्टीकै उम्मेदवार जित्ने अवस्था छ । तर एमालेमा विवाद देखिएकाले एमालेको मत विभाजित हुनेछ ।

    नेता नेपालले सहयोग नगर्ने स्पष्ट बताइसक्दा समेत बादलका प्रेस संयोजक किरण भट्टराईले सहयोग पाइएको भ्रम फैलाएका छन् । त्यसबारे नेता नेपालको सचिवालयले स्पष्ट पार्दै भ्रममा नपर्न अनुरोध गरेको छ ।

    सामाजिक सञ्जाल फेसबुकमा संयोजक भट्टराईले लेखेका छन्, ‘नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’बीच आज नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको छ । भेटवार्ता पार्टीको आन्तरिक विषय र यही जेठ ६ गते हुन गइरहेको राष्ट्रियसभाको उपनिर्वाचनको विषयमा केन्द्रित रहेको थियो । भेटमा नेता नेपालले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार रहनुभएका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको गृहमन्त्री बादलले जानकारी दिनुभयो । भेट सकारात्मक रहेको उहाँको भनाइ छ ।’

    एमालेमा सहमतिको अभ्यास भइरहेको बेला हुन गइरहेको उपचुनावको नतिजा रोचक हुनसक्ने अनुमान भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend