आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेमा केपी र माधव मिलेपछि गृहमन्त्री बादल ‘आउट’ : पूर्व माओवादीको के होला ?

एमालेमा केपी र माधव मिलेपछि गृहमन्त्री बादल ‘आउट’ : पूर्व माओवादीको के होला ?

  • मिडिया डबली
  • मंगलवार, जेठ ४ २०७८

  • 9.3K
    SHARES

  • एमालेमा केपी र माधव मिलेपछि गृहमन्त्री बादल ‘आउट’ : पूर्व माओवादीको के होला ?

    काठमाडौं – नेकपा एमालेभित्र चर्किएको विवादमा नयाँ ट्वीस्ट आएको छ । पार्टीभित्र विवाद गरिरहेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल मिलेपछि माओवादी केन्द्रबाट नवप्रवेशी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पाखा लागेका छन् ।

    विवाद समाधानका लागि गठन गरिएको कार्यदलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री बादललाई समेत राख्न खोजेका थिए । पहिलो दिन सिंहदरबारमा भएको छलफलमा बादललाई समेत सहभागी गराइएको थियो । तर नेता नेपाल पक्षले असन्तुष्टि जनाएपछि अब केपी र माधवबीच सहमति गराउन बादललाई ‘आउट’ गरिएको छ ।

    बादल अब एमालेको विवाद मिलाउने कार्यदलमा सहभागी छैनन् । नेपाल पक्षले उठाइरहेको २०७५ जेठ २ गतेअघिको अवस्थामा फर्किनुपर्ने माग पूरा गरिने भएपछि एमालेमा गृहमन्त्री बादल लगायत नवप्रवेशी पूर्व माओवादीले कुनै स्थान पाउने छैनन् ।

    प्रधानमन्त्री ओलीले एकलौटी रूपमा माओवादीबाट आएका नेताहरूलाई स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य बनाएका छन् । यो निर्णय बदर हुनुपर्ने माग राख्दै आएको नेपाल पक्षसँग ओली नजिकिएका छन् । यस्तो अवस्थामा माओवादीबाट आएका नेताहरूको भविष्य के होला भनेर सर्वत्र चासो देखिएको छ ।

    पूर्व माओवादी नेताहरूको भविष्य निर्धारण गर्न मंगलबार नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको पहिलो बैठक बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकले विवाद समाधानबारे सुझाव दिनेछ ।

    एमालेमा चर्किएको आन्तरिक विवाद समाधान गर्न संस्थापन र असन्तुष्ट पक्षबीच भएको सहमति अनुसार गठित कार्यदललाई ३ दिनको समय दिइएको थियो । तर ३ दिनभित्र काम नसकिने देखिएकाले म्याद थपका लागि अनुरोध गरिने स्रोतले जनाएको छ ।

    नेकपा एमालेमा ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल कार्यदल सदस्य रहेका छन् । नेता नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य रहेका छन् ।

    कार्यदलबाट ‘आउट’ भएका गृहमन्त्री बादल जेठ ७ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा उम्मेदवार रहेका छन् । त्यसमा समेत नेता नेपाल पक्षले असहयोग गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । ओलीसँग सहमति हुनुअघि नै नेपाल पक्षले खिमलाल देवकोटालाई नेपाली कांग्रेस र माओवादी केन्द्रको सहयोगमा उम्मेदवार बनाएको छ ।

    यस्तो बेला गृहमन्त्री बादल नेता माधवकुमार नेपाललाई भेट्न निवास कोटेश्वर पुगेका हुन् । जेठ ६ गते बाग्मती प्रदेशमा हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बादल नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका हुन् । तर नेपाल पक्षले सहयोग नगर्दा राष्ट्रिय सभाबाट समेत ‘आउट’ हुने सम्भावना छ ।

    तर नेकपा एमाले महासचिव ईश्वर पोखरेलले गृहमन्त्री बादललाई मत हाल्न पार्टीको तर्फबाट बाग्मती प्रदेशका  सबै जनप्रतिनिधि प्रदेश सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुखलाई ह्वीप लगाएका छन् ।

    २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका बादल नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीले सांसदबाट कारवाही गरेको थियो । बादललाई हटाएपछि रिक्त रहेको पदमा जेठ ६ गते बिहीवार मतदान हुँदैछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend