आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शपथमा ‘ईश्वर’ नै नभन्ने केपी ओली र हिन्दूराष्ट्र माग्ने कमल थापाबीच कसरी चुनावी गठबन्धन ?

शपथमा ‘ईश्वर’ नै नभन्ने केपी ओली र हिन्दूराष्ट्र माग्ने कमल थापाबीच कसरी चुनावी गठबन्धन ?

  • मिडिया डबली
  • मंगलवार, जेठ ४ २०७८

  • 6.5K
    SHARES

  • शपथमा ‘ईश्वर’ नै नभन्ने केपी ओली र हिन्दूराष्ट्र माग्ने कमल थापाबीच कसरी चुनावी गठबन्धन ?

    काठमाडौं – नेपालमा अनौठा राजनीतिक घटनाक्रम हुँदै आएका छन् । ताजा अवस्थामा शपथ लिँदा ‘ईश्वर’ शब्द उच्चारण नै नगर्ने प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले र नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने माग गर्दै आएको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी गठबन्धन भएको छ ।

    जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका उम्मेदवार रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई मतदान गर्ने निर्णय राप्रपाले गरेको छ । नेकपा माओवादी पृष्ठभूमिबाट आएका बादल समेत शपथमा ईश्वर उच्चारण गर्दैनन् र हिन्दूराष्ट्रका पक्षपाती समेत होइन । यस्तो बेला राप्रपाले बादललाई समर्थन गर्ने निर्णय किन गर्‍यो ? सर्वत्र प्रश्न गर्न थालिएको छ ।

    राप्रपा नेता मोहन श्रेष्ठले बादललाई मत दिन नेकपा एमालेबाट पार्टीलाई औपचारिक पत्र प्राप्त भएकाले मत दिने निर्णय गरिएको बताए । बाग्मती प्रदेशमा २०७४ सालमा भएको निर्वाचनमा बादल नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा विजयी भएका थिए । एमाले प्रवेशसँगै बादललाई माओवादीले कारवाही गरेपछि पद रिक्त रहेको छ ।

    चुनावमा नेकपा माओवादी, नेपाली कांग्रेस लगायतको समर्थनमा खिमलाल देवकोटा विपक्षी गठबन्धनबाट उम्मेदवार रहेका छन् । राप्रपाले हिन्दूराष्ट्रको एजेन्डाका पक्षमा लाग्ने उम्मेदवार नै उठाएन । चुनावको मुखमा आएर एमाले उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ, बादलले माओवादीमा हुँदा मन्दिर भत्काउने, पूजारीको हत्या गर्नेसम्मका आपराधिक कार्य भएका थिए । राजनीतिका नाममा यस्ता आपराधिक कार्यमा प्रत्यक्ष/अप्रत्यक्ष संलग्नता रहेका बादललाई अहिले राप्रपाले मतदान गर्ने भएको छ ।

    एमालेबाट उपनिर्वाचनमा बादललाई मतदान गरी सहयोग गर्न अनुरोध आएकाले प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई सूर्य चिह्नमा मतदान गर्न भनिएको राप्रपाले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend