सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

अक्सिजन नपाएर जनता मर्नुको दोषी ईश्वर पोखरेल ! एमालेभित्रकै संयोजकको यस्तो ठहर

अक्सिजन नपाएर जनता मर्नुको दोषी ईश्वर पोखरेल ! एमालेभित्रकै संयोजकको यस्तो ठहर

  • मिडिया डबली
  • सोमवार, जेठ ३ २०७८

  • 12.4K
    SHARES

  • अक्सिजन नपाएर जनता मर्नुको दोषी ईश्वर पोखरेल ! एमालेभित्रकै संयोजकको यस्तो ठहर

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले शासनसत्ता चलाइरहेका बेला जनताले आधारभूत स्वास्थ्य सेवा समेत पाउन सकेका छैनन् । जनताले अस्पतालमै अक्सिजन नपाएर ज्यान गुमाउनु परिरहेको छ ।

    यस्तो संकटको बेला सत्तारुढ नेकपा एमालेका सांसद जीवनराम श्रेष्ठले अस्पतालमा पछिल्लो हप्ता भएको अक्सिजनको हाहाकारको दोषी उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेतृत्व गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) रहेको ठहर गरेका छन् ।

    प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको सोमवार भएको बैठकमा सांसद श्रेष्ठले सीसीएमसीले अस्पतालहरुलाई कोटा तोक्ने निर्णय गरेर अस्पतालमा अक्सिजनको हाहाकार हुने अवस्था ल्याएको आरोप लगाएका छन् ।

    समितिले कोरोना सम्बन्धमा अध्ययन र अनुगमन गर्न बनाएको उपसमितिका संयोजक समेत रहेका उनले भने, ‘अहिले अस्पतालमा अक्सिनजको हाहाकार हुनुको दोषी सीसीएमसीको निर्णय छ । सीसीएमसीले फलानो अस्पतालाई यति र अर्कोलाई यति भनेर जुन कोटा तोक्ने काम गर्‍यो, त्यसपछि यो हाहाकार सुरू भएको हो । सीसीएमसीले कुन अक्सिजन प्लान्टमा कति उत्पादन हुन्छ भन्ने पनि नहेरी त्यस्तो निर्णय गरियो । कति ठाउँमा अक्सिजन प्लान्टको क्षमताभन्दा बढी कोटा तोकिदियो ।’

    नियमित रुपमा अक्सिजन लिइरहेका अस्पताललाई सीसीएमसीले अर्कै अक्सिजन प्लान्ट तोकिदिनाले समेत समस्या आएको सांसद श्रेष्ठले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend