काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीबाट नेपाली कांग्रेसले एक जनप्रतिनिधि गुमाएको छ ।
संक्रमणबाट दाङको दंगीशरण गाउँपालिकाका–३ का ६३ वर्षीय वडाध्यक्ष पूणर्बहादुर चौधरीको निधन भएको हो । चौधरी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
कोरोनाबाट १ हप्ताअघि संक्रमित भएका चौधरीको बाँकेको कोहलपुरमा उपचारका क्रममा सोमवार बिहान निधन भएको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले बताए ।
निर्वाचित वडाध्यक्ष चौधरीको निधनप्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।