आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
आजको विशेष

मदन भण्डारीका ड्राइभर अमर लामाको हत्या गर्न लगाउने तत्कालीन माओवादी कमान्डर बादल अहिले एमालेकै गृहमन्त्री

मदन भण्डारीका ड्राइभर अमर लामाको हत्या गर्न लगाउने तत्कालीन माओवादी कमान्डर बादल अहिले एमालेकै गृहमन्त्री

  • मिडिया डबली
  • सोमवार, जेठ ३ २०७८

  • 91.2K
    SHARES

  • मदन भण्डारीका ड्राइभर अमर लामाको हत्या गर्न लगाउने तत्कालीन माओवादी कमान्डर बादल अहिले एमालेकै गृहमन्त्री
    फाइल तस्वीर

    काठमाडौं - एमालेले आज फेरि मदन भण्डारी र जीवराज आश्रितको रोटी सेक्ने दिन अर्थात् मदन–आश्रित स्मृति दिवस । एमाले नेताहरूले मदन र आश्रितलाई सम्झँदै ठूल्ठूला भाषण दिइरहेका छन् ।

    मदनका हत्यारा सार्वजनिक गर्ने बताउन छाडेका छैनन् । तर, आफ्नै पार्टीको नेता तथा मदनकै अर्धांगिनी विद्यादेवी भण्डारी राष्ट्रपति र जनताको बहुमदलीय जनवादका कथित अनुयायी केपी ओली प्रधानमन्त्री छन् ।

    राष्ट्रप्रमुख र सरकार प्रमुख दुवै एमालेका नेता भएका बेला मदन–आश्रितका हत्यारा पत्ता लगाउने र सार्वजनिक गर्ने दायित्व भण्डारी र ओलीकै हो । तर, यिनीहरूले त्यो काम गर्छन् भन्ने धेरैलाई विश्वास छैन । किनभने २०४७ पछि एमाले १५ वर्षभन्दा बढी सरकारमा बसिसकेको छ ।

    एमाले सरकारमा अहिले गृहमन्त्री रामबहादुर थापा बादल छन् । उनी हालै माओवादी केन्द्रबाट एमाले आएका हुन् । मदन भण्डारीको दुर्घटना हुँदा जिप चलाउने ड्राइभर अमर लामा थिए ।

    उनी दुर्घटनाका एक मात्र जिउँदो साक्षी थिए । तर, तत्कालीन माओवादीले अमर लामालाई कीर्तिपुरमा गोली हानी हत्या गरिदियो । लामालाई हत्या गर्न निर्देशन दिनेमा बादलको भूमिका रहेको चर्चा माओवादीमा चल्ने गरेको छ ।

    तिनै बादल अहिले गृहमन्त्री छन् । अब प्रधानमन्त्री ओलीले बादललाई किन अमर लामाको हत्या गरियो भनेर सोध्लान् त ? जनताले प्रश्न गर्न थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend