आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओली र माधव नेपाल दुबैबाट धोका पाएपछि प्रचण्डले थाले नयाँ अभियान 

केपी ओली र माधव नेपाल दुबैबाट धोका पाएपछि प्रचण्डले थाले नयाँ अभियान 

  • मिडिया डबली
  • सोमवार, जेठ ३ २०७८

  • 9.2K
    SHARES

  • केपी ओली र माधव नेपाल दुबैबाट धोका पाएपछि प्रचण्डले थाले नयाँ अभियान 

    काठमाडौं – तत्कालीन नेकपा एमालेसँग पार्टी एकीकरण गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सुरूको चरणमा विवाद भयो ।

    आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति अनुसार ओलीले कुर्सी नछाडेपछि रिसाएका प्रचण्डले अध्यक्षबाटै धोका पाए । त्यसपछि लामो समय नेता माधवकुमार नेपालसँग मिलेर हिँडेका प्रचण्डले फेरि धोका पाए ।

    ओलीलाई हटाउनै लागेका बेला नेता नेपाल सुटुक्क ओलीसँग मिल्न गएपछि प्रचण्डले धोका पाए । सबैतिर धोका पाएर एक्लिएका प्रचण्डले अब नयाँ अभियान सुरू गरेका छन् । जसमा माओवादी पार्टीलाई नै मजबुत बनाउन खोजिएको छ ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी सञ्चालनका लागि देशभरका नेता कार्यकर्तासँग राय सुझाव मागेका छन् ।

    प्रचण्डले सामाजिक सञ्जालमार्फत् पार्टी आन्दोलनको थप विकासका लागि कार्यकर्ता तथा आम नागरिकका तर्फबाट पनि राय–सुझाव मागेका छन् ।

    प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘हाम्रो गौरवशाली पार्टी नेकपा माओवादी केन्द्रद्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपांग एवं शहीद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयाँ ढंगले अगाडि बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ । आफ्नो राय सल्लाह सुझाव पार्टीको इमेल ठेगानामा पठाउनुहुन अनुरोध छ ।’

    माओवादीका कतिपय नेताहरूले पार्टीबाट छुट्टिएर गएका मोहन वैद्य, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतलाई पनि एकतामा ल्याउनुपर्ने आवाज उठाउन थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend