आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

‘युगपुरुष प्रचण्ड’ ग्रूपका हर्कतविरुद्ध खुलेरै बोले सुर्य थापा, यस्ता छन् कर्तुतहरू !

‘युगपुरुष प्रचण्ड’ ग्रूपका हर्कतविरुद्ध खुलेरै बोले सुर्य थापा, यस्ता छन् कर्तुतहरू !

  • मिडिया डबली
  • आइतवार, जेठ २ २०७८

  • 6.6K
    SHARES

  • ‘युगपुरुष प्रचण्ड’ ग्रूपका हर्कतविरुद्ध खुलेरै बोले सुर्य थापा, यस्ता छन् कर्तुतहरू !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले आफू आइसोलेसनमा रहेका बेला भएका आपराधिक कार्य देखेर आश्चर्यचकित भएको बताएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै सल्लाहकार थापाले ‘युगपुरुष प्रचण्ड’ नामक ग्रूपमा ‘श्रद्धाञ्जलि’ दिइएकोप्रति आक्रोश व्यक्त गरेका छन् ।

    सल्लाहकार थापाले विभिन्न स्क्रिनसर्ट राख्दै लेखेका छन्, ‘म आइसोलेसनमा रहेका बेला कतिपय यस्ता निकृष्ट र आपराधिक कार्यहरू गरेको पाएर आश्चर्यचकित भएको छु । ‘युगपुरुष प्रचण्ड’ नामक ग्रूपबाट नै म जिउँदो मान्छेलाई दुष्ट नियतका साथ ‘श्रद्धाञ्जलि’ नै दिइएको देख्दा अपराधीहरूको कुकृत्य झनै छर्लङ्ग भएको छ । बैशाख २७ गते र आज माननीय महेश बस्नेतलाई विवादमा तान्ने गरी फोटोशप गरेर मेरो स्टाटस जस्तै गरी मेसेन्जरमार्फत व्यापक शेयर गरिरहेको गिरोहको अपराधपूर्ण कार्यप्रति पनि गम्भीर ध्यानाकर्षण भएको छ । त्यस्ता तत्वहरूलाई तथ्यको आधारमा प्रतिस्पर्धा एवं तर्कको सामना गर्न म चुनौती दिन चाहन्छु । साथै साइबर कानून कार्यान्वयनको क्षेत्रमा कार्यरत राज्यका संयन्त्रहरूलाई आफ्नो कर्तव्य निर्वाह गरी दोषीहरूउपर कडा कारबाही गर्न विशेष जोड दिन चाहन्छु ।’

    यस्ता छन् सुर्य थापाले आपत्ति जनाएका कुकृत्यहरू – 

    33.jpg22.jpg11.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend