काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथमा सार्वजनिक बद्नाम हुने गरी ‘त्यो पर्दैन’ भनेपछि भइरहेको आलोचनाबीच सर्वोच्च अदालतमा मुद्दा पेश भएको छ ।
शपथमा त्यो पर्दैन भनेपछि कानून विपरीत भएको भन्दै अधिवक्ता चन्द्रकान्त ज्ञवाली र सन्तोष भण्डारीले सर्वाेच्चमा २ वटा छुट्टाछुट्टै रिटमा पेश गरेका छन् । रिटमा शपथ बदर गर्न मागदाबी गरिएको छ । तर रिटहरू दर्ता भइसकेका छैनन् ।
सर्वोच्चको रिट महाशाखाका अनुसार भण्डारीको रिटमा पुर्याउनुपर्ने रित पूरा नभएको र ज्ञवालीको रिट अध्ययनकै क्रममा रहेका कारण आईतबार दर्ता गर्न सकिएन ।
प्रधानमन्त्री ओलीले शुक्रवार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा २ वटा महत्त्वपूर्ण अंश छुटाएपछि आलोचना भइरहेको छ । ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने अंश छुटाएर ‘त्यो पर्दैन’ भन्ने जवाफ दिएका थिए । ओलीले शपथमा प्रयोग भएको ‘ईश्वर’ शब्द पनि उच्चारण गरेका थिएनन् ।
यसअघि हिन्दी भाषामा शपथ लिएका उपराष्ट्रपति परमानन्द झाले दोस्रोपटक शपथ लिनुपरेको छ । कतिपयले ओलीले समेत प्रक्रिया पुर्याएर दोस्रोपटक शपथ लिनुपर्ने आवाज उठाइरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।