आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेमा माओवादीहरू घुसेपछि भद्रगोल, झमेला मिलाउने कोसिसमा ओली–नेपाल

एमालेमा माओवादीहरू घुसेपछि भद्रगोल, झमेला मिलाउने कोसिसमा ओली–नेपाल

  • मिडिया डबली
  • आइतवार, जेठ २ २०७८

  • 6.3K
    SHARES

  • एमालेमा माओवादीहरू घुसेपछि भद्रगोल, झमेला मिलाउने कोसिसमा ओली–नेपाल

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल पक्षलाई थाहै नदिई पार्टीमा माओवादीहरूलाई घुसाएपछि उत्पन्न विवाद अझै समाधान हुन सकेको छैन ।

    नेपाल पक्षले माओवादीलाई पार्टीमा घुसाउनुअघिको केन्द्रीय कमिटी बैठक बसेर निर्णय लिनुपर्ने माग गरिरहेका बेला ओली भने विवाद मिलाउने छलफलमा भने माओवादीबाटै आएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई घुसाइरहेका छन् । ओलीले बादललाई घुसाएपछि अस्ति सिंहदरबारमा बसेको बैठक अनिर्णित बनेको थियो ।

    आज आईतबार फेरि पार्टी भित्रको विवाद मिलाउन सिंहदरबारमा एमाले अध्यक्ष ओली र असन्तुष्ट नेता नेपालबीच एक्लाएक्लै वार्ता सुरू भएको छ । दुबै नेताबीचको वार्ताबाट विवाद समाधान गर्न गठन गरिने भनिएको कार्यदलका सदस्यको नाम टुंगो लाग्ने जनाइएको छ । ओलीले कार्यदलमा गृहमन्त्री बादललाई राख्न चाहेपनि नेपालले मानिरहेको छैन ।

    अस्ति शुक्रवार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आईतबार कार्यदलमा रहने सदस्य टुंग्याउन छलफलमा गरिरहेका छन् । कार्यदलले पार्टीभित्रको विवाद समाधानको खाका कोर्ने जनाइएको छ ।

    अस्ति सिंहदरबारमा भएको छलफलले जेठ २ गतेलाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने र त्यसका लागि २ नेतालाई कार्यदलमा रहने सदस्यको टुंगो लगाउने जिम्मा दिएको थियो । माधव नेपाल पक्षबाट कार्यदलमा रहने व्यक्ति लगभग टुंगो लागे पनि ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेलबाहेक सहमति हुन सकेको छैन । ओली पक्षबाट बादललाई राख्न खोजिएकोमा नेपालले असहमति जनाएका छन् ।

    नेपाल पक्षबाट कार्यदलमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहने भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend