काठमाडौं - कम्युनिस्ट सरकार झुट र प्रचारमा कतिसम्म हर्कत गर्दो रहेछ भन्ने एउटा घटनाले देशकै इज्जत माटोमा मिलाएको छ । यस्तो हर्कत गर्ने व्यक्ति हुन् उपप्रधानमन्त्री ईश्वर पोखरेल र उनको निजी सचिवालय ।
अहिले गणेश पाण्डे नाम गरेका पत्रकार उपप्रधानमन्त्री पोखरेलका प्रेस संयोजक छन् । उनकै फेसबुक स्टाटसका कारण सम्पूर्ण मिडिया चिप्लिएका छन् ।
सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाले व्यापारिक प्रयोजनका लागि व्यवसायीहरुले १८ हजार सिलिण्डर चीनबाट ल्याउन लागेको शनिबार उपप्रधानमन्त्री पोखरेललाई जानकारी दिए ।
त्यो मिटिङमा पाण्डे पनि सहभागी थिए । तर उनले हतार हतार चिनियाँ सरकारको अनुदान सहयोगमा चीनबाट स्थलमार्ग हुँदै १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुगेको फेसबुकमा लेखे । पाण्डेको स्टाटसलाई लिएर धेरै सञ्चारमाध्यमले समाचार बनाए ।
अहिले आएर यसबारेमा व्यापारी शेर्पाले मुख खोलेका छन् । उनले शनिबार उपप्रधानमन्त्री पोखरेलसँग आफ्नो मिटिङ भएको र त्यसैलाई लिएर सल्लाहकार पाण्डेले चीन सरकारले अनुदानमा दिएको सिलिण्डर तातोपानी आइपुग्यो भनेर भ्रमपूर्ण रुपमा प्रचार गरेको बताएका छन् । तातोपानी भन्सार कार्यालयले समेत ती अक्सिजन सिलिण्डर चीन सरकारले अनुदानमा दिएको नभइ व्यापारीले ल्याएको बताएपछि उपप्रधानमन्त्री पोखरेलको नियत उदांगो भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।