आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
आजको विशेष

मनमोहनको पालामा ‘आफ्नै गाउँ आफैं बनाऔं’, ओलीको पालामा ‘आफ्नो ज्यान आफैं जोगाऔं’

मनमोहनको पालामा ‘आफ्नै गाउँ आफैं बनाऔं’, ओलीको पालामा ‘आफ्नो ज्यान आफैं जोगाऔं’

  • मिडिया डबली
  • आइतवार, जेठ २ २०७८

  • 20.1K
    SHARES

  • मनमोहनको पालामा ‘आफ्नै गाउँ आफैं बनाऔं’, ओलीको पालामा ‘आफ्नो ज्यान आफैं जोगाऔं’

    काठमाडौं - २०५१ सालमा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले नौ महिने अल्पमतको सरकार बनाए । बहुमतको सरकार चलाउन नसकेर कांग्रेस मध्यावधिमा गएपछि भएको निर्वाचनमा एमाले सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको थियो ।

    ठूलो दलको हैसियतमा तत्कालीन राजा वीरेन्द्रले मनमोहन अधिकारीलाई प्रधानमन्त्री नियुक्ति गरे । अधिकारी सरकारमा माधवकुमार नेपाल परराष्ट्रमन्त्री र केपी ओली गृहमन्त्री बने । अर्थमन्त्री भरतमोहन अधिकारी बने । मनमोहन सरकारले बजेटमा ‘आफ्नै गाउँ आफैं बनाऔं’ भन्ने आकर्षक नारा ल्यायो ।

    हरेक गाविसलाई तीन लाख प्रदान गरियो । सो कार्यक्रम निकै लोकप्रिय भयो । अहिले पनि एमालेले त्यही नाराको ब्याज खाइरहेको छ । अहिले घुमिफिरी एमालेकै सरकार छ । प्रधानमन्त्री ओली छन् ।

    तीन वर्षअघि भएको निर्वाचनमा एमालेले बहुमत ल्याएको थियो । ओली झन्डै दुई तिहाइ बहुमतको सरकारको प्रधानमन्त्री बनेका थिए । उनी नेपालको इतिहासमै सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बनेका थिए ।

    तर, आफैं अकमण्र्यताका कारण ओलीले संसदमा बहुमत गुमाए । अहिले अल्पमतको सरकार बनाएका छन् । देशमा अहिले कोरोना भाइरस महामारीले आक्रान्त बनाएको छ ।

    कोरोना रोकथाम र नियन्त्रणमा सरकारले हात उठाएको छ । कोरोना आफ्नै नियन्त्रणमा रहेको भनेर हावादारी अन्तर्वार्ता दिँदैमा ओलीलाई ठिक्क छ ।

    त्यसैले ओलीको पालामा जनता ‘आफ्नो ज्यान आफैं जोगाऔं’को अवस्थामा पुगेका छन् । तैपनि ओलीलाई कुनै चिन्ता छैन । संक्रमित र मृत्युदर बढेको बढ्यै छ । ओलीकै पालामा नेपालमा सबैभन्दा धेरै घाट (चीता) बनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend