आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीमाथि माधव नेपालको गम्भीर शंका, यस्तो गरे के गर्ने ?

केपी ओलीमाथि माधव नेपालको गम्भीर शंका, यस्तो गरे के गर्ने ?

  • मिडिया डबली
  • आइतवार, जेठ २ २०७८

  • 6.8K
    SHARES

  • केपी ओलीमाथि माधव नेपालको गम्भीर शंका, यस्तो गरे के गर्ने ?

    काठमाडौं – सत्तारुढ दल नेकपा एमाले आन्तरिक विवाद सुल्झाउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली इमान्दार हुनेमा आशंका हुन थालेको छ ।

    असन्तुष्ट नेता माधवकुमार नेपालसँग एमालेको पुरानो संरचना २०७५ जेठ २ गते फर्काउने प्रतिबद्धताबाट एमाले अध्यक्ष ओली इमान्दार हुनेमा आशंका गर्न थालिएको छ ।

    ओली नेतृत्वको सरकारले बैशाख २७ गते विश्वासको प्राप्त नगरेपछि सरकार ढलेको थियो । संसदमा नेपाल पक्षका २८ सांसद उपस्थित नहुँदा ओली सरकार ढलेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले २ वा २ भन्दा बढी दल मिलेर सरकार बनाउन ३ दिनको समय दिए पनि नयाँ सरकार बन्न नसक्दा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।

    यसैबीच ओलीले पार्टीको आन्तरिक विवाद मिलाउन नेपालसँग बैशाख ३० गते साँझ ४ घण्टा छलफल गरेका थिए । छलफलमा ओलीले एमालेको पुरानो संरचनामा फर्कने र फागुन २८ गते गरेका निर्णयलाई कार्यदल बनाएर विवाद निरुपण गर्ने प्रस्ताव गरेपछि बैठक टुंगिएको थियो । 

    संवादको निरन्तरता स्वरूप ३१ गते दुबै पक्षका नेताहरुबीच सिंहदरबारमा ३ घण्टा छलफल भएको थियो । छलफलमा ओली पक्षले गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’लाई पनि सहभागी गराएपछि नेपाल पक्षले ओलीको इमान्दारितामाथि आशंका गरेको छ ।   

    नेपाल पक्षका केन्द्रीय सदस्यले नेपाललाई शनिवारको बैठकमा ओलीले रामबहादुर थापा ‘बादल’लाई शुक्रवारको बैठकमा सहभागी गराएको विषयमा आपत्ति जनाएका छन् । ओलीले पार्टीभित्र जसरी पनि पेल्ने नीति लिएको बताउँदै सचेत रहन आग्रह गरे । उनीहरुले थापालाई सहभागी गराएर २०७५ जेठ २ गते फर्कन अस्वीकार गरेको सन्देश दिएको जनाएका थिए ।  

    प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले समेत २०७५ साल जेठ २ गते फर्कन नसक्ने बताइरहेका छन् । त्यही बेला बसेको नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठकले ओलीले नै सरकार बनाउने चालबाजीमा लागेको र यसले अल्मल्याउँदै जाने रणनीति लिएको प्रस्ट हुने बताएका थिए । नेपाल पक्षका नेता शनिवार बिहान ११ बजे बैठक बसेको थियो । 

    ओली जेठ २ गते फर्कने कुराप्रति संवेदनशील बन्न नसकेको बताएका थिए । ‘प्रधानमन्त्री ओली र नेपालसहित बसेको बैठकमा गृहमन्त्री थापालाई २०७५ जेठ २ गतेको कमिटीले नचिन्ने बताउँदै त्यही बेलाको कमिटी ब्युँताउने स्थायी कमिटीको बैठक राख्ने र त्यहाँबाट अघि बढ्ने प्रतिबद्धतामा थापालाई छिराएर नेपाल पक्षलाई हेप्न खोजेका छन्,’ बैठकमा सहभागी एक सदस्यले भनेका छन् ।

    शुक्रवार सिंहदरबारमा बसेको बैठकले २०७५ जेठ २ गतेभन्दा अघिको एमालेलाई आधार मानेर अरु छलफलअघि बढाउने कुरा भएको र त्यसका लागि अध्यक्ष ओली र नेता नेपाल बसेर कार्यदल टुंग्याउने कुरा भएको भीम रावलले बताएका थिए । 

    तर नेपाल पक्षका केन्द्रीय सदस्यहरुले थापा सहितको बैठकमा सहभागी हुनु नै गलत भएको बताएका थिए । ‘आजको बैठकमा पार्टी अध्यक्ष ओलीले जे प्रतिवद्धता गर्नुभएको छ, त्यो इमान्दारीपूर्वक कार्यान्वयन गर्नुहुनेछ र पार्टी विवादरहित भएर जाने कुरा उठेको छ,’ केन्द्रीय सदस्य ठाकुर गैरेले भने ।

    गैरेका अनुसार केही शंका उठेको हो कार्यदल बनाएर अघि बढ्ने कुरा छ, अब १–२ दिनमै विषयहरु टुंगिने छ । २०७५ जेठ २ गतेको अवस्थामा जस्ताको तस्तै फर्कने चरणबाट एमाले अघि बढेको र फेस सेभका लागि जेठ २ गतेको आसपासबाट सहमति हुने एमाले स्रोतको दाबी रहेको छ ।

    प्रधानमन्त्री ओलीले नेपालसँग संवाद गर्न गृहमन्त्री थापालाई पनि सहभागी गराएपछि नेपाल पक्ष केही सशंकित बनेपछि शनिवार कार्यदल बन्न सकेन । शुक्रवारको बैठकमा सौहार्दपूर्ण वातावरणमा भए पनि के–के विषयमा केन्द्रित भए भन्नेबारे बाहिर आएको छैन । 

    ओली र नेपाल दुबै पक्षका दोस्रो तहका नेताहरु बैठकमा सहभागी भएका थिए । नेताहरूले बैठकबाट दुबै पक्षले कम्तीमा १० सदस्यीय कार्यदल बनाउने जनाएका थिए । नेपालसहित माओवादी केन्द्रबाट एमालेमा आएका नेता थापा पनि सहभागी भएपछि कार्यदलको नाम तय हुन सकेको थिएन ।  बिहीवार नेताद्वयबीच ४ घण्टासम्म ‘वान टू वान’ भएको संवादमा २०७५ जेठ २ गतेकै वरिपरिको एमाले रहने गरी सहमति खोज्ने सहमति गरेर उठेका थिए । 

    कार्यदल बनाउने सहमति २ नेताबीच भएको थियो । त्यही सहमतिलाई कार्यान्वयन तहमा पुर्‍याउन दोस्रो तहका नेतासहित ओली–नेपालले छलफल गर्न थालेका हुन् । ओलीले चाँडै नै महाधिवेशन गर्ने र त्यहीबाट सबै विषयमा छिनोफानो गर्ने योजना बनाएका छन् । 

    नेपाल पक्षले समेत अहिले महाधिवेशन आयोजक कमिटी बनाउन सहमति जनाइसकेका छन् । एमालेको पूर्ववत् संरचना २०७५ जेठ २ गतेमा नफर्कने ओलीको अडान र पूर्ववत संरचनामै फर्कनुपर्ने नेपाल दुबै एक–एक कदम पछाडि हटेर त्यही विन्दुबाट विवाद मिलाउने गरी कार्यदल बनाउन सहमत भएका थिए । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend