काठमाडौं – सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको खुबै आलोचना गर्ने जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई प्रधानमन्त्री बनाइमाग्न मध्यराति सुटुक्क बालुवाटार गएर भेटेको खुलासाबारे डा. भट्टराईले जवाफ दिएका छन् ।
पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा नेकपा एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतले डा. भट्टराईले प्रधानमन्त्री बनाइमाग्न ओलीलाई भेटेको खुलासा गरेको थिए । तर १ सिटे सांसदलाई कसरी प्रधानमन्त्री बनाउने भनेर ओलीले बाबुरामलाई उल्टै जवाफ दिएको बस्नेतको खुलासा थियो ।
यसबारे डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत जवाफ दिएका छन् । डा. भट्टराईले आफूले ओलीलाई भेटेको स्वीकारेका छन् । डा. भट्टराईले सार्वजनिक छलफल र बैठकमा बालुवाटार जान अस्वीकार गर्ने र बहिष्कार गर्ने गरेका थिए । तर मध्यराति सुटुक्क गएर ओलीलाई भेट्ने र त्यसलाई गोप्य राख्ने गरेको पुष्टि भएको छ ।
भट्टराईले आईतबार बिहान ट्विटरमा लेखेका छन्, ‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो – महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊँ भनेकै हो । उहाँले नमानेपछि अरूलाई नभनेको हुँ । अझै पनि धारा ७६(५) बमोजिम बनाउन सकिन्छ । सोचौं !’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।