आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

घनश्याम भुसालको यस्तो फोटो भाइरल भएपछि ..., हेर्नुहोस् तस्वीर

घनश्याम भुसालको यस्तो फोटो भाइरल भएपछि ..., हेर्नुहोस् तस्वीर

  • मिडिया डबली
  • शनिवार, जेठ १ २०७८

  • 9.2K
    SHARES

  • घनश्याम भुसालको यस्तो फोटो भाइरल भएपछि ..., हेर्नुहोस् तस्वीर

    काठमाडौं – नेकपा एमालेमा चर्किएको विवाद समाधानका लागि शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालसहित शीर्ष नेताबीच छलफल भयो ।

    छलफलमा भएको यथेष्ठ सहमतिबारे कुनै सार्वजनिक नभएपनि बैठकका तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

    भाइरल तस्वीरमा बैठक कक्षमा प्रधानमन्त्री ओली प्रवेश गर्दा नेपाल पक्षका नेताहरूले झुकेर नमस्कार गरेको देखिन्छ । तर ओली पक्षका नेताहरूले भने खासै वास्ता गरेको देखिँदैन ।

    ओलीसामु माधव पक्षका नेताहरू छत्रक्कै झुकेको भनेर सामाजिक सञ्जालमा चर्चा भइरहेको बेला एमाले नेता घनश्याम भुसालले ओलीप्रति नै आशंका गरेका छन् ।
     
    सामाजिक सञ्जाल ट्विटरमा असन्तुष्टि व्यक्त गर्दै भुसालले लेखेका छन्, ‘हिजो एउटा बैठकमा प्रधानमन्त्रीलाई नमस्कार गर्न उठ्दै गर्दा कसैले खिचेको फोटो खुबै प्रचार भएको छ । समाजमा जान्ने बुझ्ने भनिएकाहरू पनि यस दौडमा देखिनु र त्यहाँ प्रधानमन्त्री कार्यालयका फोटोग्राफरबाहेक अरु कोही नहुनु संयोग मात्र हो वा होइन थाहा भएन ।’

    ghan shyam.jpg

    यसरी घुमाउरो तरिकाले प्रधानमन्त्री कार्यालयका फोटोग्राफरबाटै यस्तो फोटो सार्वजनिक भएको भनेर नेता भुसालले असन्तुष्टि व्यक्त गरेका छन् । 

    ghanshyam.JPG

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend