आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रधानमन्त्री बनाइमाग्न डा. बाबुराम मध्यराति केपी ओलीको शरणमा पुगेका सनसनीपूर्ण खुलासा

प्रधानमन्त्री बनाइमाग्न डा. बाबुराम मध्यराति केपी ओलीको शरणमा पुगेका सनसनीपूर्ण खुलासा

  • मिडिया डबली
  • शनिवार, जेठ १ २०७८

  • 6.7K
    SHARES

  • प्रधानमन्त्री बनाइमाग्न डा. बाबुराम मध्यराति केपी ओलीको शरणमा पुगेका सनसनीपूर्ण खुलासा

    काठमाडौं – सामाजिक सञ्जालतिर खुबै आदर्शका कुरा गर्ने जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने रहर बोकेर मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार छिरेको खुलासा भएको छ ।

    प्राइम टीभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेकपा एमाले सांसद तथा पूर्व मन्त्री महेश बस्नेतले डा. भट्टराई प्रधानमन्त्री बन्ने रहर बोकेर ओलीको शरणमा पुगेको खुलासा गरे ।

    नेता बस्नेतले १० दिनको अवधिमा डा. भट्टराईले प्रधानमन्त्री ओलीसँग २ पटक भेटवार्ता गरेको खुलासा गरे । डा. भट्टराईले मध्यराति १ बजे बालुवाटार पुगेर आफूलाई नै प्रधानमन्त्री बनाइदिन आग्रह गरेको उनले खुलासा गरे ।

    ‘यो १० दिनमा बाबुरामजीले प्रधानमन्त्रीलाई २ पटक भेट्नुभयो, त्यो पनि राति १ बजे । उहाँले आजको दिनमा राष्टिय सरकार बनाउनुपर्छ, यसको नेतृत्व मैले लिनुपर्छ । आज म ६८ वर्षको भएँ, ७० वर्षसम्म राजनीति गर्ने मेरो चाहना हो । तपाईंले त्यो मेरो लागि पहल गरिदिनुहोस् । त्यो तपाईंबाहेक अरु कसैले गर्न सक्दैन । प्रचण्ड, शेरबहादुर देउवाको हामीले नाडी छाम्यौं भन्नुभयो,’ बस्नेतले अन्तर्वार्तामा भने, ‘प्रधानमन्त्रीले के भन्नुभयो भने मेरोविरुद्ध तपाईं, प्रचण्ड, नारायणकाजी, उपेन्द्रदेखि रामचन्द्रसम्म लाग्नुभा’छ अनि म पनि मेरो विरुद्धको अभियानमा लाग्ने ? म चाहिँ १२१ सांसद भएको पार्टीको नेता, महन्थ ठाकुर २०–२१ जनाको प्रतिनिधि, उपेन्द्र यादव पनि १३–१४ जनाको प्रतिनिधि अनि तपाई चाहिँ कति जनाको प्रतिनिधि ? तपाईंबाहेक को छ तपाईंको प्रतिनिधि ?’

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्ने महत्त्वकांक्षा रहे पनि पूरा हुन नसकेको नेता बस्नेतले बताए ।

    बस्नेतले वर्तमान सरकारले मधेशको मुद्दा सम्बोधन गर्न धेरै राम्रो भूमिका खेलेको समेत बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend