आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

डोलेश्वर रिसोर्टको खर्च सरकारले व्यहोरेको हल्ला मात्र, आफ्नै खर्चमा बसेको थियो जसपा

डोलेश्वर रिसोर्टको खर्च सरकारले व्यहोरेको हल्ला मात्र, आफ्नै खर्चमा बसेको थियो जसपा

  • मिडिया डबली
  • शनिवार, जेठ १ २०७८

  • 14.4K
    SHARES

  • डोलेश्वर रिसोर्टको खर्च सरकारले व्यहोरेको हल्ला मात्र, आफ्नै खर्चमा बसेको थियो जसपा

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा जनता समाजवादी पार्टीका एकजना अध्यक्ष महन्थ ठाकुर पक्ष तट्स्थ बस्यो । नेकपा एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूले साथ नदिएपछि अोलीले विश्वासको मत प्राप्त गर्न सकेनन् । 

    ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा ७६ (२) अनुसार विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा माअोवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूहले नयाँ सरकार गठनका लागि प्रयास गरे । उनीहरुलाई पनि एमालेका माधव र जसपाका महन्थले साथ नदिएपछि सरकार गठनको विकल्प प्रस्तुत गर्न सकेनन् ।

    विपक्षी दलहरूले सरकार गठनको प्रक्रिया अघि बढाइरहेको समयमा जसपाका अध्यक्ष महन्थले पार्टीका अधिकांश सांसद्लाई लिएर भक्तपूरको डोलेश्वर रिसोर्टमा बसेका थिए । उनीहरुलाई जसपाका उपेन्द्र यादव समूहले प्रभावमा पार्न सक्ने भन्दै केपी अोलीको निर्देशनमा महेश बस्नेतले राखेको अारोप लगाइएको छ । 

    विपक्षीले सरकार बनाउन नसक्दा संविधानको धारा ७६  (३) अनुसार प्रधानमन्त्रीमा केपीशर्मा अोली तेस्रोपटक नियुक्त भएका छन् । अोलीले विपक्षीको बहुमत पुग्न नदिन सरकारको खर्चमा जसपाका महन्थ समूहका सांसद्लाई रिसोर्टमा राखेको भन्दै अालोचना भइरहेको छ । 

    उक्त रिसोर्टको खर्च पनि सरकारले व्होरेको भन्ने चर्चा भए पनि वास्तविकता भने फरक छ । वास्तवमा त्यहाँ जसपाको अान्तरिक छलफलका लागि राखिएको बताइएको छ । अन्त कोरोना महामारीका जोखिम हुनसक्ने भन्दै त्यहाँ राखिएको हो ।

    उक्त रिसोर्टको खर्च पनि जसपाका अध्यक्ष ठाकुरले नै तिरेका हुन् । उक्त रिसोर्टको खर्च जसपाका अध्यक्ष  महन्थ ठाकुरका स्वकीय सचीवले तिरेको पाइएको हो ।

    mahantha.jpeg

    mahantha.jpeg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend