आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाललाई नयाँ ‘ललिपप’ : अबको राष्ट्रपति बनाउने खेल !

माधव नेपाललाई नयाँ ‘ललिपप’ : अबको राष्ट्रपति बनाउने खेल !

  • मिडिया डबली
  • शनिवार, जेठ १ २०७८

  • 8.9K
    SHARES

  • माधव नेपाललाई नयाँ ‘ललिपप’ : अबको राष्ट्रपति बनाउने खेल !

    काठमाडौं – राजनीतिक घटनाक्रममा ट्वीस्ट हुन थालेपछि सम्भावनाका परिदृष्यहरु पनि फेरिन थालेका छन् ।

    प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच ‘इलेभेन्थ आवर’मा भएको सहमतिले नयाँ–नयाँ सम्भावनालाई उजागर गरेको छ ।

    एमाले भित्रको पछिल्लो टकराव समाधानको निकै परसम्मको क्षितिजबारे सबैभन्दा धेरै चर्चा बालुवाटारभित्र भइरहेको छ ।

    पार्टीभित्रको सहमतिले राजनीतिक रूपमा सक्रिय रहेका वरिष्ठ नेता माधवकुमार नेपालको भावी दिनबारे सोच्नुपर्ने भन्दै एकथरिले जोडघटाउ सुरू गरेका छन् ।

    स्रोतका अनुसार ‘अन्यथा’ नभएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली अर्को एक कार्यकाल अध्यक्ष बन्नेछन् । त्यतिञ्जेलसम्म नेता नेपालको व्यवस्थापन नगर्ने हो भने फेरि उही समस्या बल्झिने बालुवाटारको विश्लेषण रहेको छ ।

    अर्का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थामा देखिएको उतारचढाव, उपाध्यक्ष बामदेव गौतमको अस्थिर प्रवृत्तिका कारण डेढ वर्षपछि  राष्ट्रपतिमा माधवकुमार नेपालको व्यवस्थापन गरिनु नै उपयुक्त रहेको निष्कर्ष निकालिएको छ ।

    आगामी डेढ वर्ष पार्टीमा सक्रिय भए पनि त्यसपछिका लागि अहिले नै नेतृत्वले सोच विचारपूर्वक कदम चाल्नुपर्ने सुझाइएको छ । जनआस्थामा खबर छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend