आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ईश्वर पोखरेलको उट्पट्याङ निर्णय खारेज, चर्काे विरोधपछि ओली सरकार झुक्यो !

ईश्वर पोखरेलको उट्पट्याङ निर्णय खारेज, चर्काे विरोधपछि ओली सरकार झुक्यो !

  • मिडिया डबली
  • शनिवार, जेठ १ २०७८

  • 41.0K
    SHARES

  • ईश्वर पोखरेलको उट्पट्याङ निर्णय खारेज, चर्काे विरोधपछि ओली सरकार झुक्यो !

    काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेतृत्व गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अस्पतालमा अक्सिजन व्यवस्थापन गर्न नसकेपछि त्यसको जिम्मेवारी पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै दिइएको छ ।

    अस्पतालका लागि लागू गरिएको अक्सिजनको कोटा प्रणाली समेत खारेज गरिएको छ ।

    अन्तरमन्त्रालय समन्वय र नीतिगत निर्णय गर्नुपर्ने सीसीएमसीले अक्सिजन व्यवस्थापनकै जिम्मेवारी लिएको थियो । अस्पतालमा कोटा प्रणालीबाट अक्सिजन दिने सीसीएमसीको निर्णय विवादमा परेको थियो ।

    कोटा प्रणालीकै कारण अक्सिजन सिलिन्डर पाउन नसकेको भन्दै अस्पताल सञ्चालकहरुले विरोध गरेका थिए । अस्पतालले अक्सिजन लिइरहेकोभन्दा फरक कम्पनीबाट लिनुपर्ने सीसीएमसीको प्रावधानले पनि समस्या भएको अस्पतालको गुनासो थियो ।

    सीसीएमसीले लिएको जिम्मेवारी स्वास्थ्यमा जानेबित्तिकै कोटा प्रणाली हटेको हो । स्वास्थ्य मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गरेर अक्सिजनको ढुवानी नियमित प्रक्रियाबाट हुने जनाएको छ । अक्सिजन वितरण व्यवस्थापनका लागि मन्त्रालयले उच्चस्तरीय टोली समेत गठन गरेको छ ।

    आकस्मिक व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले ११ औं तहका कर्मचारीको नेतृत्वमा २ वटा टोली गठन गरेको छ ।

    ‘अर्को व्यवस्था नभएसम्म उद्योगबाट अस्पतालहरुमा साविककै नियमित ढुवानी प्रक्रियाबाट मेडिकल अक्सिजन उपलब्ध गराइदिनु हुन तथा आकस्मिक व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अक्सिजन वितरण व्यवस्थापन गर्ने उच्चस्तरीय टोलीहरुको निर्णय र निर्देशन अनुसार स्थानीय प्रशासनहरुसँग सहकार्य र सरोकारवाला अन्य निकायको समन्वयमा गराइदिनुहुन अनुरोध छ,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

    नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोले कोटा प्रणाली हटेपछि अक्सिजन आपूर्ति सहज हुने विश्वास व्यक्त गरेका छन् । ‘सीसीएमसीको निर्णयले अस्पताल र वर्षौंदेखि कारोबार भइरहेको अक्सिजन कम्पनीको सम्बन्ध टुटाएर अर्कै कम्पनीबाट ग्यास लिनुपर्ने बाध्यता थियो । आवश्यकताअनुसार अक्सिजन पाउन सकेका थिएनौं,’ महतोले भने । सीसीएमसीका एक कर्मचारीले भने अस्पतालमा भर्ना भएका बिरामीको अद्यावधिक तथ्यांक नभएकैले अक्सिजन व्यवस्थापनमा समस्या भएको बताएका छन् ।

    स्वास्थ्य मन्त्रालयले चिकित्सकको सिफारिसबाहेक घर वा संस्थामा अक्सिजन सिलिण्डर नराख्न, भएका सिलिण्डर नजिकको अस्पताल र स्थानीय प्रशासनमा उपलब्ध गराउन आग्रह गरेको छ ।

    घरमा अक्सिजन सिलिण्डर राखे/नराखेको, सम्बन्धित उद्योगले अस्पतालबाहेक अन्यत्र निजी प्रयोगमा दिए/नदिएको अनुगमन स्थानीय प्रशासनमार्फत् गर्ने, गराउने व्यवस्था गर्न मुख्यसचिवले बिहीवार गृह मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रत्येक अक्सिजन ग्यास उद्योगमा प्राप्त सिलिन्डर र वितरण भएका सिलिण्डरको अभिलेख राख्न सशस्त्र प्रहरी खटाइने भएको छ । मापदण्डविपरीत अक्सिजन सिलिण्डर प्रयोग वा वितरण गर्न कसैलाई दबाब नदिने, उद्योग र अस्पतालले पनि कुनै किसिमले मापदण्ड विपरीत प्रयोग नगराउने जनाइएको छ ।

    चौबीसै घण्टा अक्सिजन प्लान्ट सञ्चालन गर्ने, खाली अक्सिजन सिलिण्डर तत्काल प्लान्टमा पठाउने र प्लान्टले पनि तत्काल भरेर फिर्ता पठाउने व्यवस्था गर्ने, यसको समन्वय र अनुगमन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा उद्योग मन्त्रालयले गर्ने जनाइएको छ । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend