आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपीको शपथबाट ‘ईश्वर’ र ‘प्रतिज्ञा’ आउट ! अब पुनः शपथ गर्नुपर्ला ?

केपीको शपथबाट ‘ईश्वर’ र ‘प्रतिज्ञा’ आउट ! अब पुनः शपथ गर्नुपर्ला ?

  • मिडिया डबली
  • शनिवार, जेठ १ २०७८

  • 5.9K
    SHARES

  • केपीको शपथबाट ‘ईश्वर’ र ‘प्रतिज्ञा’ आउट ! अब पुनः शपथ गर्नुपर्ला ?

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार तेस्रोपटक प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

    २०७४ फागुन ३ गते दोस्रोपटक दुईतिहाइ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका ओली ५ वर्षे कार्यकाल पूरा नहुँदै गत बैशाख २७ गते विश्वासको मत प्राप्त गर्न नसकेपछि सबैभन्दा ठूलो दलको नेताका रूपमा बिहीवार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । 

    शुक्रवार शितलनिवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले शपथ लिँदै गर्दा राष्ट्रपतिले पढेका शब्द ‘ईश्वर’ र ‘प्रतिज्ञा’ उच्चारण गरेनन् ।

    यसअघिका शपथ ग्रहण कार्यक्रममा पनि ईश्वर शब्द उच्चारण नगरेका ओलीले यसपटक शपथ ग्रहणका लागि उपलब्ध गराइएको पत्रमा उल्लेख गरिएको ‘सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भन्ने वाक्यबाट प्रतिज्ञा शब्द उच्चारण गर्न पनि अस्वीकार गरेका छन् ।  

    शपथ ग्रहणका क्रममा प्रधानमन्त्री ओलीले प्रतिक्षा शब्द उच्चारण नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः उच्चारण गर्न आग्रह गरेकी थिइन् । तर प्रधानमन्त्री ओलीले असहज लाग्ने गरी ‘त्यो पर्दैन’ भनेर जवाफ फर्काए । 

    प्रधानमन्त्रीको दोस्रो कार्यकालमा धार्मिक गतिविधिमा मोह देखाएका कारण कतिपयले ओलीले यसपटक ईश्वरका नाममा शपथ लिने विश्वास व्यक्त गरेका थिए । ओलीले चितवनको अयोध्यापुरीमा आफ्नै खर्चमा रामसीताको मूर्ति निर्माण गरेर प्रतिष्ठापन गर्नेदेखि पशुपतिमा अर्ब लगानीमा सुनको जलहरी लगाउने काम गरेका थिए ।

    शपथ ग्रहणका क्रममा प्रतिज्ञा गर्छु भन्नुको अर्थ जनता र मुलुकको संविधानप्रति बफादार छु भनेर प्रतिबद्धता जनाउनु थियो, जसलाई उच्चारण गर्न ओलीले अस्वीकार गरेका छन् । महत्त्वपूर्ण सार्वजनिक पद धारण गर्ने व्यक्ति मुलुक र जनताप्रति प्रतिबद्ध हुन सकून् र आफ्नो कर्तव्य, जिम्मेवारी र दायित्व निर्वाह गर्नेक्रममा दायाँबायाँ नगरुन् भनेर शपथ खुवाउने गरिन्छ । 

    ईश्वरप्रतिको आस्थाले गर्दा पनि ईश्वरका नाममा शपथ खाएपछि सार्वजनिक पद धारण गर्ने व्यक्तिले गलत काम गर्दैन भन्ने विश्वास गरिन्छ । प्रधानमन्त्री ओलीले भने यसलाई आफूअनुकूल बनाएर ग्रहण गरेका छन् । ओलीको यो शैलीको सामाजिक सञ्जालमा आलोचना भएको छ ।

    शथप ग्रहणको एउटा प्रक्रिया हुन्छ, जसलाई पालना गर्नैपर्छ । नेपाल गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेसँगै प्रथम उपराष्ट्रपति परमानन्द झाले नेपाली भाषामा ग्रहण गर्नुपर्ने शपथ हिन्दीमा लिएपछि त्यसले विवाद निम्त्याएको थियो । पछि उनले नेपाली भाषामै पुनः शपथ खानुपरेको थियो । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend