आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

जसपा सरकारमा नजानुको यस्तो रहस्य ! केपी ओलीको 'अफर' अस्वीकार

जसपा सरकारमा नजानुको यस्तो रहस्य ! केपी ओलीको 'अफर' अस्वीकार

  • मिडिया डबली
  • शनिवार, जेठ १ २०७८

  • 4.8K
    SHARES

  • जसपा सरकारमा नजानुको यस्तो रहस्य ! केपी ओलीको 'अफर' अस्वीकार

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा) नेपालले अस्वीकार गरेको छ ।

    आफ्ना माग सम्बोधन भएपछि मात्रै सरकारमा सहभागी हुने जवाफ जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई दिएका हुन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार भएको छलफलमा ओलीले सरकारमा सहभागी भइदिन ठाकुर र महतोलाई प्रस्ताव गरेका थिए । सरकारले आफ्ना केही माग पूरा गरेको तर अझ धेरै पूरा गर्न बाँकी रहेकाले मुद्दा सम्बोधनपछि मात्रै सरकारमा सहभागी हुने आश्वासन जसपा नेताहरूले दिएका छन् ।

    जसपा कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णले आफूहरु अहिलेकै अवस्थामा सरकारमा सहभागी नहुने बताएका छन् । ओलीबाट प्रस्ताव आएको स्वीकार गर्दै कर्णले अहिलेकै अवस्थामा सहभागी नहुने प्रष्ट पारे ।

    ‘सरकारमा आउनुस्, मिलेरै अगाडि बढौं भन्ने उहाँको प्रस्ताव छ,’ कर्णले भने, ‘तर हामी अहिलेकै अवस्थामा सरकारमा सहभागी हुन सक्दैनौं भनेर जवाफ दिएका छौं ।’

    संविधान संशोधन, मधेश आन्दोलन क्रममा लगाइएका झूटा मुद्दा फिर्ता, जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता लगायत मुद्दा जसपाले उठाउँदै आएको छ । केही समयअघि जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोकै आग्रहमा प्रधानमन्त्रीले केही मुद्दा फिर्ता लिएका थिए ।

    आफ्ना माग केही पूरा भएको र केही बाँकी रहेको भन्दै जसपाको ठाकुर–महतो पक्ष गत २७ वैशाखमा विश्वासको मतका बेला तटस्थ बसेको थियो । तर जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले ओलीको विरोधमा मतदान गरेको थियो ।

    जसपाको भट्टराई–यादव पक्षले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग मिलेर सरकार गठन गर्ने गृहकार्य गरेको थियो । तर ठाकुर र महतोकै कारण उनीहरुको योजना असफल भई ओली नै प्रधानमन्त्री हुन सफल भएका हुन् ।

    यसैबीच, जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएका छन् । पार्टी एकताको १ वर्षपछि जसपाले संसदीय दलको नेता चयन गरेको छ ।

    तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादीबीच २०७७ बैशाख १० गते एकीकरण भएर जसपा घोषणा भएको थियो । एकीकरण भएपनि हालसम्म विधान अभाव र नेताबीच सहमति हुन नसक्दा संसदीय दलको नेता चयन हुन सकेको थिएन ।

    जसपा कार्यकारिणी समिति सदस्य तथा सांसद लक्ष्मणलाल कर्णले दलको नेतामा महतो चयन भएको बताएका छन् । बहुमत सांसद बैठकले उनलाई दलको नेता चयन गर्ने निर्णय गरिएको छ ।

    जसपामा ३६ जना सांसद रहेका छन् । २० सांसदको बैठकले महतोलाई नेता चयन गर्ने निर्णय गरेको बताइएको छ । तर जसपा संघीय परिषद् अध्यक्ष डा. भट्टराई र अध्यक्ष यादव पक्षले हालसम्म दलको नेता चयन नभएको जनाएको छ । 

    जसपा कार्यकारिणी समिति सदस्य तथा सांसद रामसहाय यादवले संसदीय दलको बैठक भएको र नेता चयन भएको झूटा रहेको प्रतिक्रिया दिए । ‘बैठक बसेकै छैन, हामीलाई केही थाहा नै छैन, संसदीय दलको नेता कसरी चयन भयो ?’ उपेन्द्रनिकटका सांसद रामसहायले भने, ‘यो सबै फर्जी काम हो । गलत प्रचार भइरहेको छ ।’

    जसपाभित्र २ पक्ष छन् । एक पक्षको नेतृत्व ठाकुर–महतो र अर्को पक्षको नेतृत्व भट्टराई–यादवले गरिरहेका छन् । ठाकुर र महतो प्रधानमन्त्री ओलीसँग नजिक रहेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend