आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली र नेपाल समूहको बैठक सकियो, एमाले विवाद मिलाउन यस्तो सहमति

ओली र नेपाल समूहको बैठक सकियो, एमाले विवाद मिलाउन यस्तो सहमति

  • मिडिया डबली
  • शुक्रवार, बैशाख ३१ २०७८

  • 6.7K
    SHARES

  • ओली र नेपाल समूहको बैठक सकियो, एमाले विवाद मिलाउन यस्तो सहमति

    काठमाडौं – नेकपा एमालेभित्र चर्किएको विवाद समाधान गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समूहबीच सिंहदरबारमा भएको भेटवार्ता सकिएको छ ।

    पार्टीमा लामो समयदेखि देखिएको विवाद अन्त्यको प्रयासस्वरूप दुबै पक्षबीच शुक्रबार सिंहदरबारमा छलफल भएको छ ।

    छलफलमा पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको नेताहरूले जनाएका छन् । बैठकले जेठ २ गतेअघिका कुरालाई आधार बनाएर छलफल गर्ने सहमति भएको प्रभावशाली नेता भीम रावलले बताएका छन् ।

    थप सहमति खोज्न कार्यदल बनाउने जिम्मा ओली र नेपाललाई दिने निर्णय समेत भएको छ ।

    शुक्रवार साँझ सिंहदरबारमा बसेको बैठकमा नेपाल समूहका नेताहरू भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी भएका थिए ।

    ओली समूहबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी भएका थिए ।

    यसअघि ओली र नेता नेपालबीच बिहीवार समेत छलफल भएको थियो । बुढानिलकण्ठस्थित ब्यापारीको घरमा भएको वार्ताले पार्टीको विवाद समाधानका लागि कार्यदल बनाउने समझदारी गरेको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend