आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शितलनिवासभित्र विद्या भण्डारी र केपी ओलीले ‘अपाच्य हर्कत’ देखाएपछि ...

शितलनिवासभित्र विद्या भण्डारी र केपी ओलीले ‘अपाच्य हर्कत’ देखाएपछि ...

  • मिडिया डबली
  • शुक्रवार, बैशाख ३१ २०७८

  • 21.4K
    SHARES

  • शितलनिवासभित्र विद्या भण्डारी र केपी ओलीले ‘अपाच्य हर्कत’ देखाएपछि ...

    काठमाडौं – राष्ट्रपति र प्रधानमन्त्री पदको विशेष गरिमा र सम्मान हुन्छ । दुबै संवैधानिक पदका सीमा र औपचारिकताहरू समेत हुन्छन् । तर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रपति कार्यालय शितलनिवासभित्र अपाच्य हर्कत देखाए ।

    दुबैका अपाच्य हर्कतले अहिले सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म आलोचना भइरहेको छ । शुक्रवार शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण नगरेपछि रमिता नै देखियो ।

    ‘म .. मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु ...’ भनेर राष्ट्रपछि भण्डारीले शपथ गराउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भनेनन् । त्यसपछि राष्ट्रपति भण्डारीले दोहोर्‍याएर ‘प्रतिज्ञा गर्छु’ भन्न आग्रह गरे । तर प्रधानमन्त्री ओलीले उल्टै राष्ट्रपति भण्डारीलाई नै सिकाउँदै भने, ‘त्यो पर्दैन ।’ त्यसपछि राष्ट्रपति भण्डारीले ‘हिहिहि’ गर्दै कुरा टारिन् ।

    प्रधानमन्त्रीले खाने शपथ ग्रहणको भाषा लिखित रूपमै हुन्छ । त्यसमा लेखिएको कुरा हुबहु वाचन गर्नु शपथ ग्रहण हो । तर ओलीले ‘प्रतिज्ञा गर्छु’ नै भनेर अपुरो शपथ खाएका छन् । शितलनिवासमा देखिएको यस्तो हर्कत अपाच्य थियो ।

    यी हुन् नवनियुक्त मन्त्रीहरू –

    cabinet.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend