आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कुनै बेला सँगै लड्डु खाएर अकस्मात ओलीतिर लागेका माधवबारे प्रचण्डको यस्तो जवाफ !

कुनै बेला सँगै लड्डु खाएर अकस्मात ओलीतिर लागेका माधवबारे प्रचण्डको यस्तो जवाफ !

  • मिडिया डबली
  • शुक्रवार, बैशाख ३१ २०७८

  • 5.2K
    SHARES

  • कुनै बेला सँगै लड्डु खाएर अकस्मात ओलीतिर लागेका माधवबारे प्रचण्डको यस्तो जवाफ !
    फाइल फोटो

    काठमाडौं – सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला भएपछि खुसी हुँदै तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालले सँगै लड्डु खाएका थिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुवै नेता एकजुट थिए । सर्वाेच्च अदालतले नेकपा एमाले र माओवादी पार्टी ब्युँताउँदा समेत प्रचण्ड र माधवको भेटघाट भइरहने र ओलीविरुद्ध योजना बनाइरहने हुन्थ्यो ।

    तर ओलीविरुद्ध नयाँ सरकार बनाउने दिन बिहीबार अन्तिम समयमा आएर नेता माधव ओलीतिरै लागे । प्रचण्ड निराश बने । 

    नेता माधव नेपालले कित्ता फेर्दा सहजै ओली पुनः प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गरेका छन् । जसमा प्रचण्डले सँगसँगै हिँड्ने वाचा गरेका माधवकुमार नेपालहरू अकस्मात ओलीतिर हिँडेपछि केही समस्या देखिएको बताए ।

    कतिपयले नेता नेपालले प्रचण्डलाई धोका दिएको टिप्पणी गरिरहँदा प्रचण्डले भने धोका दिएको भन्न नमिल्ने प्रतिक्रिया दिए । प्रचण्डले भने, ‘अहिले म धोका भन्ने शब्द त प्रयोग गर्न चाहन्नँ, किनभने अहिले भर्खर पनि हामी कुरा गर्दैछौं । उहाँहरूभित्र केही समस्या पक्कै पनि भए होलान् । उहाँहरू आफू पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षरत नै हुनुभएकाले अहिले नै धोका दिनुभयो भन्ने शब्द बढी हुन्छ भन्ने लागेको छ । म आशा गर्छु उहाँहरु सत्यको पक्षमा, लोकतन्त्रको पक्षमा, संविधानको पक्षमा संघर्ष अगाडि बढाउनुहुन्छ र हाम्रो एकठाउँमा फेरि पनि भेट हुन्छ भन्ने म ठान्छु ।’

    प्रधानमन्त्री केपी शर्मा ओली पुनः नियुक्त भएर शपथ खाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको संघर्ष जारी रहने घोषणा गरे । 

    प्रधानमन्त्री ओलीविरुद्ध वैकल्पिक सरकार गठनको प्रयास गरेका अध्यक्ष प्रचण्ड असफल भएपछि पहिलोपटक सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै संविधान र लोकतन्त्रको पक्षमा निरन्तर खबरदारी गर्ने दाबी गरेका छन् ।

    प्रतिपक्षीको हैसियतले सरकारबाट भएका गलत कामको आलोचना गर्दै जनतालाई राहत दिने र संविधान र राष्ट्रको बचाउको पक्षमा निरन्तर संघर्ष गर्ने प्रचण्डले वाचा गरे । पछिल्लो समय प्रचण्डले ओलीलाई हटाउन र आफू प्रधानमन्त्री बन्न मरिहत्ते गरेपनि सफल हुन सकेनन् ।

    प्रचण्डले असंवैधानिक ढंगले हुने निर्वाचनको सधैं विरोध गर्ने समेत बताए । ‘संवैधानिक ढंगले हुने कुनै पनि निर्वाचनका निम्ति पार्टी जहिले पनि तयार हुन्छ । संविधान विरोधी भयो भने मात्रै हाम्रो विरोध हुने हो, आलोचना हुने हो । संविधान अनुसार हुने चुनावमा हाम्रो सहभागिता हुन्छ,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend