काठमाडौं – बहुमतीय सरकार बनाउन कसैले दाबी पेश नगरेपछि ठूलो दलको नेताको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनः नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार शपथ ग्रहण गर्दैछन् ।
प्रधानमन्त्रीले शपथ खाएलगत्तै मन्त्रिपरिषद्मा नयाँ मन्त्रीहरूको नियुक्ति समेत हुँदैछ । ओली सरकारमा रहेका एमालेतिरका अधिकांश मन्त्री दोहोरिने निश्चित भएका बेला ओलीतिर ढल्केका २ जना पूर्व माओवादी मन्त्री भने ‘आउट’ हुने भएका छन् । स्रोतका अनुसार पूर्व माओवादी खेमाका गौरीशंकर चौधरी र दावा तामाङलाई पुनः मन्त्री बनाइने छैन ।
मन्त्री सुविधा खान पाइने भनेर ओलीतिर लागेका यी पूर्व माओवादी नेताहरूको अब सबै सेवासुविधा खोसिने भएको छ । पूर्व माओवादी खेमाका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभू साह भने पुनः मन्त्रीको शपथ खाँदै कार्यभार सम्हाल्ने जनाइएको छ ।
प्रधानमन्त्री ओलीले संकटको बेलामा आफूलाई साथ दिने पूर्व माओवादी मन्त्रीहरूलाई पुनः नियुक्त गर्ने तयारी गरेका छन् ।
ओलीले माधवकुमार नेपाल पक्षका सांसदलाई समेत मन्त्री बनाउन चाहेपनि सहमतिको कार्यान्वयन नभएकाले तत्कालै मन्त्री नहुने निष्कर्षमा नेपाल पक्ष पुगेको स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।