काठमाडौं - प्रधानमन्त्री केपी ओली र माधवकुमार नेपालबीच संघर्ष र मेलमिलापपछि वामदेव गौतम किनारामा पारिएका छन् । हुन त नेकपामा देखिएको विवाददेखि नै वामदेवको भूमिका गौण हुँदै गएको हो । ओलीले पनि वामदेवको औचित्य अब नरहेको निष्कर्ष निकालिसकेका छन् ।
अलि अगाडिसम्म माधव नेपालले नयाँ पार्टी गठन गरे आफ्नो सहमति हुने र सहयोग गर्ने बताएका वामदेव अहिले एमाले एकढिक्का भएपछि कसरी अघि बढ्ने भन्नेमा द्विविधामा छन् ।
त्यसैले उनले नयाँ आइडिया अपनाएका छन् ओली र नेपालबीचको सहमतिको स्वागत गरेर र ओलीलाई प्रधानमन्त्री नियुक्ति भएकोमा बधाई दिएर । राष्ट्रिय सभा सदस्य रहेका गौतमले ओली र नेपालबीच भएको संवाद र सहमतिको स्वागत गरेका छन् ।
उनले पार्टीभित्र उत्पन्न समस्या समाधनका सम्बन्धमा प्रारम्भिक संवाद सुरु भएको भन्दै सफलता मिलोस् भनेर शुभकामना पनि दिएका छन् । शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत उनले ओलीलाई शुधकामना र बधाई पनि दिएका छन् ।
उनले लेखेका छन्– नेकपा (एमालें) का दुई वरिष्ठ नेताहरु अध्यक्ष क.के.पी शर्मा ओली र पार्टीका पूर्व महासचिव क.माधवकुमार नेपालविच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ ।
यो नेकपा (एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस भन्ने शुभकामना दिन्छु ।
साथै पार्टी अध्यक्ष क. के.पी. शर्मा ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।