काठमाडौं - कम्युनिस्ट पार्टीले झन्डै दुई तिहाइ सिट जितेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने चाहना त्यति देखाएनन् । तर, उनलाई बसिखान दिइएन ।
छिमेकी देशले ओलीलाई अहिले कुनै पनि हालतमा कुर्सीबाट हटाउँदैन भन्ने परिस्थितिबारे देउवा जानकार थिए । पार्टीभित्र र बाहिरबाट निरन्तर ओलीको विकल्प खोज्न उनीमाथि दवाव बढिरहँदा देउवाले त्यसलाई इन्कार गर्दै आए ।
अविश्वास प्रस्ताव ल्याउन झनै दवाव आयो। नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने र केपी ओलीलाई सत्ताच्यूत गराउने निर्णय बुढानिलकण्ठको एउटा कोठाबाट भएको थिएन।
यो निर्णय पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र केही युवा नेताहरूको जोडबलमा सिंगो केन्द्रीय समितिले गरेको थियो। प्रचण्डदेखि माधव नेपाल, झलनाथ खनालको उक्साहट यति थियो कि उनलाई टार्नै हम्मे हम्मे परेको देखिन्थ्यो ।
ओलीविरुद्ध कांग्रेसले अग्रसरता लिन नसकेको भन्दै उनको आलोचना गर्न थालियो । सबैभन्दा धेरै आलोचना गर्नेमा बाबुराम भट्टराई थिए । उनले दिनमै चार–पाँचपटकसम्म सामाजिक सञ्जालमा देउवा र कांग्रेसको खोइरो खनेर स्टाटस लेख्थे ।
अहिले ओली नै प्रधानमन्त्री बनेपछि भने बाबुराम आफैं दूलो भित्र लुकेका छन् । जब ओलीले नै विश्वासको मत लिने निर्णय गरे, तब प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा देउवाले आफूलाई विकल्पमा उभ्याउनु स्वाभाविक थियो ।
तैपनि उनले मलाई प्रधानमन्त्री बनाइदेऊ भनेर कुनै नेताको दैलो चहारेनन् । बरु केपी ओलीदेखि प्रचण्ड, नेपाल, महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव, बाबुराम भट्टराई सबै बुढानिलकण्ठ पुगे ।
राष्ट्रपतिले दिएको तीन दिनको अन्तिम समयसम्म पनि देउवा बुढानिलकण्ठबाट बाहिर निस्केनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।