काठमाडौं – नेकपा एमालेका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले ‘पोजिसन चेन्ज’ गरेर नेता माधवकुमार नेपालले सही गरेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सल्लाहकार थापाले पुष्पकमल दाहालले भने जस्तो नेता नेपालले धोका नदिएको दाबी गरे ।
थापाले ट्विटरमा ओली र नेपालको फोटो राखेर लेखेका छन्, ‘विशेष क्षण – पुष्पकमल दाहालले आफ्नो गुटको स्थायी कमिटी बैठकमा हिजो भन्नुभएछ – ‘माधव नेपालजीले धोका दिनुभयो, गठबन्धनको सरकार नबन्ने भयो ।’ धोका नै दिनुभएको हो कि होइन ? तर पोजिसन चेन्ज गरेर हामी एमालेहरु भन्छौं – एकदम सही गर्नुभयो माधव कमरेड ! बल्ल तपाईं सही संगतमा आउनुभयो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।