आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

प्रधानमन्त्री ओलीले दिउँसो साढे २बजे शपथ खाएलगत्तै मन्त्रिपरिषद् विस्तार

प्रधानमन्त्री ओलीले दिउँसो साढे २बजे शपथ खाएलगत्तै मन्त्रिपरिषद् विस्तार

  • मिडिया डबली
  • शुक्रवार, बैशाख ३१ २०७८

  • 3.8K
    SHARES

  • प्रधानमन्त्री ओलीले दिउँसो साढे २बजे शपथ खाएलगत्तै मन्त्रिपरिषद् विस्तार

    काठमाडौं – पुनः नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

    प्रतिनिधि सभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट ठूलो दलको नेताका हैसियतमा ओलीलाई बिहीवार प्रधानमन्त्री पदमा पुनः नियुक्त गरिएको थियो ।

    तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीले दिउँसो साढे २ बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

    शपथलगत्तै शुक्रबारै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार हुने बालुवाटार स्रोतले जानकारी दिएको छ । राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६(२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई बिहीवार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न बैशाख २७ गते ३ दिनको समयसीमा तोकेर आह्वान गरिएको थियो ।

    तोकिएको अवधिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत दलले बहुमत सदस्यको दाबी पेश गर्ने कोसिस गरे पनि सफल हुन सकेनन् ।

    तोकिएको अवधि सकिएपछि संविधानको धारा ७६(३) बमोजिम ठूलो दलका नेता ओली प्रधानमन्त्री नियुक्त गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend