आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

केपी ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भएपछि गगन थापाले गरे यस्तो आग्रह

केपी ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भएपछि गगन थापाले गरे यस्तो आग्रह

  • मिडिया डबली
  • शुक्रवार, बैशाख ३१ २०७८

  • 10.2K
    SHARES

  • केपी ओली प्रधानमन्त्रीमा पुनः नियुक्त भएपछि गगन थापाले गरे यस्तो आग्रह

    काठमाडौं – प्रधानमन्त्रीमा पुनः नियुक्त भएका केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका चर्चित युवा नेता तथा सांसद गगनकुमार थापाले जनताको स्वास्थ्यमा ध्यान दिन आग्रह गरेका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सांसद थापाले अब तत्काललाई सांसदको संख्या गन्ने काम रोकिएकाले कोरोना नियन्त्रणमा लाग्न आग्रह गरे ।

    थापाले ओलीलाई अन्य राजनीतिक दाउपेच छाडेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिन आग्रह गरे ।

    अब कोरोना संक्रमित र संक्रमणबाट ज्यान गुमाउनेको संख्या घटाउनतिर ध्यान दिन सांसद थापाले आग्रह गरे ।

    थापाले ट्विटरमा लेखेका छन्, ‘प्रममा केपी ओलीको पुनःनियुक्तिसँगै अब केही समयलाई सांसदको संख्या गन्ने काम रोकिएला नै । प्रधानमन्त्रीज्यू, अब त संक्रमित र जीवन गुमाउनेको संख्या घटाउन ध्यान दिऔं ।’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend