आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधवले धोका दिएपछि प्रचण्डले आत्तिँदै गरे ओलीलाई फोन, माओवादीसँग मिल्न हारगुहार !

माधवले धोका दिएपछि प्रचण्डले आत्तिँदै गरे ओलीलाई फोन, माओवादीसँग मिल्न हारगुहार !

  • मिडिया डबली
  • शुक्रवार, बैशाख ३१ २०७८

  • 8.0K
    SHARES

  • माधवले धोका दिएपछि प्रचण्डले आत्तिँदै गरे ओलीलाई फोन, माओवादीसँग मिल्न हारगुहार !

    काठमाडौं – नेकपा एमालेमा नेता माधव नेपाल लगायत ४ नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर ‘यो के तमासा गर्नुभएको’ भनेका छन् ।

    प्रचण्डले तपाईंले त निलम्बन फुकुवा गर्नुभएछ, कारवाही फुकुवा गर्नुभएछ, तपाईं कारवाही फुकुवा गर्ने खालको मानिस त होइन किन यसो गर्नुभयो भनेर जिज्ञासा राखेका थिए । 

    त्यसको जवाफमा ओलीले हो, कारवाही फुकुवा भयो, अरु पनि गर्ने योजना छ भनेपछि के अब त्यसो भए माधव नेपालका माग पूरा गर्दिनु हुने भो भन्दै अर्को जिज्ञासा राखेको स्रोतले जनाएको छ ।

    प्रचण्डले तपाईं त निर्णय पनि देब्रे हातले गर्नुहुँदो रहेछ भनेपछि ओलीले हो हो अब निर्णय देब्रेले गरे पनि दाहिनेले गरे पनि अहिलेलाई कारबाही फुकुवा भएको साँचो भन्ने जवाफ दिएको स्रोतले जानकारी दियो । 

    करीब ५ मिनेटजति ओलीसँग सवाल–जवाफ गरेका प्रचण्डले गत भदौ २६ गतेको निर्णयतर्फ फर्कन समेत आग्रह गरेका थिए । ‘तपाईं २०७५ जेठ २ मा फर्कन खोज्दै हुनु हुँदोरहेछ तर अब भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयतर्फ फर्केर पार्टी मिलाए भैगो नि !’ दाहालको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

    तर त्यसको जवाफमा ओलीले म अहिले यतै लागेको छु, भदौ २६ वा अन्य धेरैतिर फर्कनु छ, त्यो कुरा पछि नै विचार गरौंला भनेर फोन राखेका थिए । 

    ओली–नेपाल भेटघाटपछि बसेको माओवादी केन्द्रको बैठकमा भने हरिबोल गजुरेल र देवेन्द्र पौडेलले माधव नेपालले धोका दिन्छन् भन्ने पहिला नै थाहा भएको र त्यतिबेला ओलीसँग मिलौं भन्दा नमानेको भन्दै प्रचण्डको आलोचना गरेका थिए । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend