आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रधानमन्त्री बन्न कोही नआएपछि राष्ट्रपति कार्यालयको यस्तो विज्ञप्ति, पढ्नुहोस् 

प्रधानमन्त्री बन्न कोही नआएपछि राष्ट्रपति कार्यालयको यस्तो विज्ञप्ति, पढ्नुहोस् 

  • मिडिया डबली
  • बिहिवार, बैशाख ३० २०७८

  • 8.3K
    SHARES

  • प्रधानमन्त्री बन्न कोही नआएपछि राष्ट्रपति कार्यालयको यस्तो विज्ञप्ति, पढ्नुहोस् 

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री बन्न दाबी पेश गर्न आह्वान गरेको बिहीबार राति ९ बजेसम्म कसैले दाबी पेश नगरेपछि राष्ट्रपति कार्यालयबाट विज्ञप्ति जारी भएको छ ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा तोकिएको समयभित्र कसैको पनि दाबी पेश हुन नआएको उल्लेख छ ।

    विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२)  बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझको ९.०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आफ्नो दाबी पेश गर्न आह्वान भएकोमा उक्त समयावधिभित्र कसैको पनि दाबी पेश हुन नआएको व्यहोरा अनुरोध छ ।’

    बहुमतको प्रधानमन्त्री हुन कोही नआएपछि संसदमा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था संविधानमा रहेको छ । ठूलो दल नेकपा एमालेका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन् । 

    pp.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend