काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओली पुनः चतुर सावित भएका बताएका छन् ।
बाबुरामकै पार्टी जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको साथ नपाउँदा विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा दाबी पेश गर्न नपाएपछि प्रतिक्रिया जनाउँदै उनले ओलीको विकल्प खोज्नैपर्ने बताए । तर बाबुरामले आफ्नै पार्टी र आफ्ना सांसद सम्हाल्न नसक्दा ओलीको समर्थनमा लागेका छन् ।
डा. भट्टराईले ट्विटरमा लेखेका छन्, ‘जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरु चुक्नु विडम्बनापूर्ण भएको छ । सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भएका छन् । अदालत, संसद, मिडिया, आमजनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ । सबैले आत्मसमीक्षा गरौं !’
डा. भट्टराईले लामो समयदेखि ओलीलाई हटाउनुपर्ने भन्दै वकालत गर्दै आएपनि उनले आफ्नै पार्टीका सांसद सम्हाल्न नसक्दा ओली पुनः प्रधानमन्त्री बन्ने अवस्था आएको छ ।
विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेपनि आवश्यक बहुमत पुग्न सकेन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।