काठमाडौं – विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि बहुमत पुर्याउन नसक्ने भएपछि केपी शर्मा ओली नै फेरि प्रधानमन्त्री हुने निश्चित भएको छ । ओली प्रधानमन्त्री हुने भएपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटार पुगेका छन् ।
बालुवाटारमा ओलीलाई भेटेर ठाकुर र महतोले बधाई दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार बनाउन दिएको समय राति ९ बजे सकिनुअघि नै ओली र महतोबीच बधाई साटासाट भएको छ ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले ठाकुर र महतो आएर ओलीलाई बधाई दिएका जानकारी दिए । दुबै नेताले आफ्ना मागबारे प्रधानमन्त्री ओलीसँग छलफल गरेको समेत उनले बताए ।
‘उहाँहरूका मागबारे थप छलफल गर्दै अगाडि बढ्ने कुरा भयो,’ नेम्बाङले भने, ‘उहाँहरू आफ्नै मागबारे अडानमा हुनुहुन्छ । त्यसैबारेमा कांग्रेस, माओवादीसँग पनि कुरा गरेका थियौ भन्नुभयो । सोही मागमा रहेर अडिग रह्यौं भन्ने उहाँहरूको भनाइ थियो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।