काठमाडौं - केपी ओली फेरि एकपटक पराजित भएका छन् । माधव नेपालसँगको विवादमा उनी पराजित भएका हुन् ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित चार नेतामाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।
एमाले अध्यक्ष केपी ओलीले पार्टी हितविपरीत लागेको भन्दै वरिष्ठ नेता नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई ६ महिनाका लागि पार्टीको साधारण सदस्यसहित नरहने गरी कारबाही गरेका थिए ।
आज नेता नेपाल पक्षका २० सांसदले राजीनामा दिने तयारी गरेपछि ओलीले बाध्य भएर कारबाही फिर्ता गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।