आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेको आकस्मिक बैठक : माधवलाई फकाउन यस्तो निर्णय, ओली आफैं प्रधानमन्त्री बन्ने

एमालेको आकस्मिक बैठक : माधवलाई फकाउन यस्तो निर्णय, ओली आफैं प्रधानमन्त्री बन्ने

  • मिडिया डबली
  • बिहिवार, बैशाख ३० २०७८

  • 4.6K
    SHARES

  • एमालेको आकस्मिक बैठक : माधवलाई फकाउन यस्तो निर्णय, ओली आफैं प्रधानमन्त्री बन्ने
    फाइल तस्वीर

    काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको आकस्मिक बैठकले नेता माधवकुमार नेपालसहित ४ जना नेतामाथि गरिएको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ ।

    आज बिहीबार बिहान बसेको आकस्मिक स्थायी कमिटी बैठकले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल माथिको कारवाही फुकुवा गरेको हो ।

    यसअघि समानान्तरण गतिविधि गरेको भन्दै ओलीले चारै नेतालाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन दिएको समयसीमा आज सकिनै लाग्दा ओली सक्रिय भएका छन् । नेपाल सहितका नेतालाई आफ्नै पक्षमा पारेर आफू नै बहुमतको प्रधानमन्त्री बन्ने खेलमा ओली लागेका छन् । 

    नेता नेपाल पक्षले ओलीलाई सहयोग गरेमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षको सहयोगमा ओली नै प्रधानमन्त्री बन्ने सम्भावना समेत रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend