आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओलीले माधव नेपाललाई गरे फोन, बालुवाटारमा आकस्मिक स्थायी कमिटी बैठक

ओलीले माधव नेपाललाई गरे फोन, बालुवाटारमा आकस्मिक स्थायी कमिटी बैठक

  • मिडिया डबली
  • बिहिवार, बैशाख ३० २०७८

  • 6.1K
    SHARES

  • ओलीले माधव नेपाललाई गरे फोन, बालुवाटारमा आकस्मिक स्थायी कमिटी बैठक

    काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किएका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता जोगाउनका लागि नेता माधवकुमार नेपाललाई टेलिफोन गरेका छन् ।

    अध्यक्ष ओलीले बिहीबार बिहान नेपाललाई फोन गरी स्थायी कमिटीको बैठकमा सहभागी हुन औपचारिक आग्रह गरेका छन् ।

    ओलीको टेलिफोन आग्रह नेपालले नमानेपछि अर्थमन्त्री विष्णु पौडेल नै नेपालनिवास कोटेश्वर पुगे । नेपालनिवास कोटेश्वरमा केहीबेरको कुराकानीपछि अर्थमन्त्री पौडेल बालुवाटार फर्किएका छन् ।

    ओलीलाई प्रधानमन्त्रीबाट हटाउन लागिपरेका माधव–झलनाथ खनाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेका बेला ओलीले फकाउन खोजेका छन् । नेपाललाई भेटेर पौडेलले सांसदहरूको राजीनामा रोक्न आग्रह गरेका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई गठबन्धनको सरकार बनाउने समयसीमा आज बिहीबार सकिँदैछ । 

    सोमवार ओलीले प्रतिनिधिसभा बैठकमा विश्वासको मत गुमाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतको गठबन्धन सरकार बनाउन आह्वान गरिसकेकी छन् । 

    सोमबार राष्ट्रपतिले वैशाख ३० गते राति ९ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेकी थिइन् । समयसीमा घकिँदै जाँदा ओलीले नेता नेपाललाई फकाउन थालेका छन् ।

    संवैधानिक प्रावधान अनुसार नयाँ गठबन्धन निर्माणका लागि संसदमा तत्काल कायम रहेको संख्याको बहुमत आवश्यक पर्ने गर्छ । प्रतिनिधिसभामा हाल २७१ सदस्य कायम रहेका छन्, जसको बहुमत १३६ हुनेछ । यसअघि भएको विश्वासको मतको मतदान अनुसार प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत र विपक्षमा १२४ मत पर्दा तटस्थ १५ मत रहेको थियो । अन्य सांसद बैठकमा अनुपस्थित भएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend