काठमाडौं – नेकपा एमालेभित्रको असन्तुष्ट माधवकुमार नेपाल पक्षका प्रभावशाली नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीका अलोकतान्त्रिक काम रोक्न सांसदहरूले राजीनामा दिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा ट्विटरमा प्रतिक्रिया जनाउँदै नेता तथा सांसद रावलले एमालेका सांसदहरूको राजीनामा राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित भएको जनाएका छन् ।
‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ । थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ । त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ,’ रावलले लेखेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि आवश्यक बहुमत नपुगिरहेको बेला नेपाल पक्षका सांसदले राजीनामा दिए बहुमत पुग्ने अनुमान गरिएको छ । देउवालाई प्रधानमन्त्री बनाउन सके ओली सिद्धिने भएकाले राजीनामा नै उत्तम विकल्प रहेको निष्कर्षमा नेपाल पक्ष पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।