आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक विशेष

एक वर्षदेखि ओली–चीन सम्बन्ध विच्छेद, कारण अर्कै छ

एक वर्षदेखि ओली–चीन सम्बन्ध विच्छेद, कारण अर्कै छ

  • मिडिया डबली
  • बुधवार, बैशाख २९ २०७८

  • 8.0K
    SHARES

  • एक वर्षदेखि ओली–चीन सम्बन्ध विच्छेद, कारण अर्कै छ

    काठमाडौं - साढे तीन वर्षअघि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मतपरिणाममा एमालेले धेरै सिट जित्ने संकेत पाएपछि वर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली हेलिकोप्टर लिएर रसुवागढी पुगे ।

    पहाडमा उभिएर उनले भने– यी यहाँबाट केरुङबाट आउने चिनियाँ चुच्चे रेल काठमाडौंसम्म पुग्छ । आफ्ना सेनामेना लिएर गएका ओली रसुवागढीबाट फर्केको साढे तीन वर्षसम्म फेरि त्यता गएका छैनन् ।

    २०७४ मंसिरमा निर्वाचन भयो । पुसमा मतगणताको अन्तिम परिणाम आयो । फागुन ३ गते ओली प्रधानमन्त्री बने । त्यसबेला ओलीको चिनियाँसँग राम्रो सम्बन्ध रहेको प्रचार गरियो । कम्युनिस्ट सरकार बनेपछि चीनले नेपालमा पैसाको खोलो बगाइदिन्छ ।

    विकासको मूल फुट्छ भनेर प्रचार गरियो । तर, यो बीचमा ओली र चिनियाँ पक्षको अवस्था पानी बाराबार भएको धेरैले थाहा पाएका छैनन् ।

    सोझासाझा जनताले त थाहा पाउने कुरै भएन, नेपालका ठूला राजनीतिक दलका नेता र मिडियाले पनि थाहापत्तो पाएका छैनन् । चार महिनाअघि ओलीले एक्कासि प्रतिनिधिसभा विघटन गरेपछि चिनियाँ पक्ष उनीसँग क्रुद्ध भएको हो ।

    न्डै ६ महिनादेखि त नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग प्रधानमन्त्री ओलीको औपचारिकबाहेक कुनै सम्पर्क र कुराकानी हुनै छाडेको छ । उनी पनि बालुवाटार जान छाडेकी छन् ।

    ओलीले नराम्ररी झपारेपछि यान्छीको बालुवाटार प्रवेश पातलिँदै गएको स्रोतले बताएको छ । कुनै समय नेपालमा महिनामा एउटा प्रतिनिधिमण्डल काठमाडौं आउने गथ्र्यो । नेपालको विकासमा सहयोगको घोषणा गरेर जाने गथ्र्यो ।

    तर, अहिले त्यो बन्द छ । ओली निकट नेताहरू कोरोना भाइरसको महामारीका कारण चिनियाँ उच्च तहका प्रतिनिधिमण्डको नेपाल भ्रमण पातलिँदै गएको दाबी गर्छन् ।

    स्रोतका अनुसार जब गत कात्तिकमा भारतीय गुप्तचर संस्था रअ प्रमुखको नेपाल भ्रमण भयो, तबदेखि ओलीलाई चीनले विश्वास गर्न छाडेको हो ।

    ओलीले नियुक्त गरेर पठाएका नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले ६ महिनासम्म चिनियाँ राष्ट्रपति सी जिन पिङसँग ओहोदाको प्रमाण पत्र बुझाउन नसक्नुको कारण पनि सम्बन्धमा दरार आएको भएको एक विश्लेषकले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend