आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महन्थ ठाकुर र माधव नेपालको चट्टानी अडानले देउवा र प्रचण्डलाई धक्का, ओली गदगद् !

महन्थ ठाकुर र माधव नेपालको चट्टानी अडानले देउवा र प्रचण्डलाई धक्का, ओली गदगद् !

  • मिडिया डबली
  • मंगलवार, बैशाख २८ २०७८

  • 6.9K
    SHARES

  • महन्थ ठाकुर र माधव नेपालको चट्टानी अडानले देउवा र प्रचण्डलाई धक्का, ओली गदगद् !

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग झगडा परेर छुट्टै हिँडेका तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको १ वर्षभन्दा बढी भइसक्यो । तर सफल हुन सकिरहेका छैनन् ।

    अहिले नेकपा माओवादी केन्द्र ब्युँतिएर ओलीलाई हटाएर नयाँ प्रधानमन्त्री बनाउने खेलमा लागेका प्रचण्ड फेरि पनि असफल हुने देखिँदैन । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार बनाउन ३ दिनको समयसहित आह्वान गरिएको छ । तर नयाँ सरकार बनिहाल्ने देखिँदैन ।

    प्रचण्डको उक्साहटमा नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्न तक्सिएका छन् । तर जनता समाजवादी पार्टी (जसपा) नेपालको पूरै पार्टीको समर्थन नभई देउवा प्रधानमन्त्री बन्न बहुमत पुग्दैन । जसपा अध्यक्ष महन्थ ठाकुर पक्षले देउवालाई प्रधानमन्त्री बनाउन समर्थन नगर्ने स्पष्ट पारिसकेको छ । महन्थ ठाकुरको चट्टानी अडान प्रधानमन्त्री ओलीकै पक्षमा देखिएको छ ।

    अर्काेतिर, नेकपा एमालेभित्र विवाद चर्किएको भएपनि असन्तुष्ट माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फाइदा पुग्ने गरी निर्णय गरेको छ । राष्ट्रपतिको आह्वान अनुसार नयाँ सरकार गठनमा नेपाली कांग्रेसले माधवकुमार नेपाल पक्षको सहयोग खोजेका बेला नेपाल पक्षले सहयोग गर्न नसकिने निर्णय गरेको छ ।

    नयाँ गठबन्धन सरकार निर्माणमा आफ्नो भूमिका नहुने निर्णय नेपाल पक्षले गरेको छ । यसअघि मंगलबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकको निर्णय सार्वजनिक गर्दै सहमहामन्त्री प्रकाशशरण महतले माधव नेपाल पक्षको सहयोगमा नयाँ सरकार बन्नसक्ने बताएका थिए ।

    तर नेपाल पक्षको बैठकले प्रतिपक्षी दलहरूले संयुक्त सरकार निर्माणको पहल गरिरहेका त्यसका लागि आफ्नो भूमिका नहुने जनाएको छ । नेपाल पक्षीय स्थायी कमिटी बैठकको निष्कर्षबारे जानकारी दिँदै नेता बेदुराम भुसालले भने, ‘आजको बैठकमा परिस्थितिको समीक्षा गरेका छौं । आगामी दिनका लागि थप छलफल हुनेछ । संयुक्त सरकारमा हाम्रो भूमिका देखिँदैन ।’

    दल विभाजन नभएको अवस्थामा सरकार निर्माणमा आफ्नो भूमिकाको अर्थ नहुने नेता भुसालले बताएका छन् । ‘दल विभाजित भएको छैन, अलग दल होइन । संयुक्त सरकार निर्माणमा हाम्रो केही भूमिका हुँदैन,’ नेता भुसालले भने ।

    नेता भुसालले सांसद पदबाट राजीनामा दिने विषयलाई कहिल्यै प्राथमिकतामा नराखिएको बताएका छन् । नयाँ सरकार निर्माणमा राजीनामा दिएर भूमिका खेल्ने पक्षमा नरहेको समेत उनले बताए । 

    ‘हामी सरकारमा जान सक्दैनौं । सरकारमा नजाने भएपछि किन सरकार बनाउन पहल गर्नुपर्‍यो ?’ उनले सोधे ।

    कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन जसपा अध्यक्ष महन्थ ठाकुरको साथ चाहिने वा माधव नेपाल पक्षका सांसदले राजीनामा दिनुपर्ने विकल्पमा छलफल भइरहेका बेला नेपाल पक्षले राजीनामा नदिने स्पष्ट पारेको छ । जसपा अध्यक्ष ठाकुरले समेत नयाँ गठबन्धनमा सहभागी नहुने स्पष्ट पारिसकेको छ । यसरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष सम्मिलित गठबन्धनको नयाँ सरकार बन्ने देखिँदैन ।

    नयाँ सरकार नबनेको अवस्थामा फेरि संसदमा ठूलो दलको हैसियतमा केपी ओली नै प्रधानमन्त्री बन्ने देखिन्छ । ओलीसँग विवाद र झगडा हुँदाहुँदै पनि माधव नेपाल पक्षले नयाँ गठबन्धनलाई सहयोग नगर्ने बताएपछि अन्ततः ओलीलाई नै फाइदा पुग्ने देखिएको छ ।

    नयाँ प्रधानमन्त्री बनाउन तम्सिएका प्रचण्ड र प्रधानमन्त्री बन्न तम्सिएका देउवा दुवैलाई धक्का लागेको छ भने प्रधानमन्त्री ओली खुसीले गदगद् भइरहेका छन् । अन्ततः ओलीलाई हटाएर नयाँ प्रधानमन्त्री बनाउन प्रचण्डको योजना तुहिने देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend