आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपी ओलीलाई फाइदा पुग्ने गरी माधव नेपाल पक्षको यस्तो निर्णय, कांग्रेसलाई घाटा !

केपी ओलीलाई फाइदा पुग्ने गरी माधव नेपाल पक्षको यस्तो निर्णय, कांग्रेसलाई घाटा !

  • मिडिया डबली
  • मंगलवार, बैशाख २८ २०७८

  • 21.4K
    SHARES

  • केपी ओलीलाई फाइदा पुग्ने गरी माधव नेपाल पक्षको यस्तो निर्णय, कांग्रेसलाई घाटा !

    काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किएको भएपनि असन्तुष्ट माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फाइदा पुग्ने गरी निर्णय गरेको छ ।

    राष्ट्रपतिको आह्वान अनुसार नयाँ सरकार गठनमा नेपाली कांग्रेसले माधवकुमार नेपाल पक्षको सहयोग खोजेका बेला नेपाल पक्षले सहयोग गर्न नसकिने निर्णय गरेको छ । नयाँ गठबन्धन सरकार निर्माणमा आफ्नो भूमिका नहुने निर्णय नेपाल पक्षले गरेको छ । 

    यसअघि मंगलबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकको निर्णय सार्वजनिक गर्दै सहमहामन्त्री प्रकाशशरण महतले माधव नेपाल पक्षको सहयोगमा नयाँ सरकार बन्नसक्ने बताएका थिए ।

    तर नेपाल पक्षको बैठकले प्रतिपक्षी दलहरूले संयुक्त सरकार निर्माणको पहल गरिरहेका त्यसका लागि आफ्नो भूमिका नहुने जनाएको छ ।

    नेपाल पक्षीय स्थायी कमिटी बैठकको निष्कर्षबारे जानकारी दिँदै नेता बेदुराम भुसालले भने, ‘आजको बैठकमा परिस्थितिको समीक्षा गरेका छौं । आगामी दिनका लागि थप छलफल हुनेछ । संयुक्त सरकारमा हाम्रो भूमिका देखिँदैन ।’

    दल विभाजन नभएको अवस्थामा सरकार निर्माणमा आफ्नो भूमिकाको अर्थ नहुने नेता भुसालले बताएका छन् । ‘दल विभाजित भएको छैन, अलग दल होइन । संयुक्त सरकार निर्माणमा हाम्रो केही भूमिका हुँदैन,’ नेता भुसालले भने ।

    नेता भुसालले सांसद पदबाट राजीनामा दिने विषयलाई कहिल्यै प्राथमिकतामा नराखिएको बताएका छन् । नयाँ सरकार निर्माणमा राजीनामा दिएर भूमिका खेल्ने पक्षमा नरहेको समेत उनले बताए । 

    ‘हामी सरकारमा जान सक्दैनौं । सरकारमा नजाने भएपछि किन सरकार बनाउन पहल गर्नुपर्‍यो ?’ उनले सोधे ।

    कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन जसपा अध्यक्ष महन्थ ठाकुरको साथ चाहिने वा माधव नेपाल पक्षका सांसदले राजीनामा दिनुपर्ने विकल्पमा छलफल भइरहेका बेला नेपाल पक्षले राजीनामा नदिने स्पष्ट पारेको छ । जसपा अध्यक्ष ठाकुरले समेत नयाँ गठबन्धनमा सहभागी नहुने स्पष्ट पारिसकेको छ । यसरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्ष सम्मिलित गठबन्धनको नयाँ सरकार बन्ने देखिँदैन ।

    नयाँ सरकार नबनेको अवस्थामा फेरि संसदमा ठूलो दलको हैसियतमा केपी ओली नै प्रधानमन्त्री बन्ने देखिन्छ । ओलीसँग विवाद र झगडा हुँदाहुँदै पनि माधव नेपाल पक्षले नयाँ गठबन्धनलाई सहयोग नगर्ने बताएपछि अन्ततः ओलीलाई नै फाइदा पुग्ने देखिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend