आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेस पदाधिकारी बैठक बस्नुअघि देउवा र प्रचण्डबीच भेटवार्ता

कांग्रेस पदाधिकारी बैठक बस्नुअघि देउवा र प्रचण्डबीच भेटवार्ता

  • मिडिया डबली
  • मंगलवार, बैशाख २८ २०७८

  • 4.0K
    SHARES

  • कांग्रेस पदाधिकारी बैठक बस्नुअघि देउवा र प्रचण्डबीच भेटवार्ता

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेपछि नयाँ सरकार गठनको पहलमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्षबीच भेटवार्ता भएको छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’बीच देउवा निवास बुढानिलकण्ठमा भेटवार्ता भएको छ ।

    दिउँसो ३ बजेका लागि बोलाइएको पदाधिकारी बैठकअघि देउवाले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । दुबै नेताबीच नयाँ सरकार गठनका लागि बहुमत जुटाउने विषयमा छलफल भएको जनाइएको छ ।

    हिजो सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएपछि राष्ट्रपति भण्डारीबाट बहुमतको सरकार गठनका लागि बैशाख ३० गतेसम्मको समय दिएर आह्वान गरिएको छ ।

    नेपाली कांग्रेस, माओवादी तथा जसपा मिलेर सरकार बनाउने पहल थालेको बताइए पनि जसपा भित्रको आन्तरिक मतभेदले विपक्षी गठबन्धनलाई समस्या हुने अवस्था आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०३:०१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend