काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउने दाबी प्रस्तुत गर्न आह्वान गरेकै मध्यराति जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठनको खेलमा सहभागी नहुने स्पष्ट पारेका छन् ।
सोमबार मध्यराति प्रेस विज्ञप्ति जारी गर्दै ठाकुरले नयाँ सरकार गठन आफ्नो पार्टीको प्राथमिकतामा नरहेको जनाएका छन् ।
अध्यक्ष ठाकुरले जसपा सत्ता प्राप्तिभन्दा मधेशका एजेण्डा सम्बोधनको विषयमा केन्द्रित रहेको स्पष्ट पारेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन जसपा पूरैको समर्थन चाहिन्छ । जसपा अध्यक्ष उपेन्द्र यादव पक्ष नयाँ सरकार बनाउन सकारात्मक भएपनि अध्यक्ष ठाकुरले नयाँ सरकार नबनाउने भनेपछि विपक्षी गठबन्धनलाई अप्ठ्यारो पर्ने देखिएको छ ।
नयाँ सरकार नबन्दा फेरि प्रधानमन्त्रीमा केपी शर्मा ओली नै ठूलो दलको हैसियतले नियुक्त हुने र संसद विघटन गरेर निर्वाचन गर्ने सम्भावना रहेको जानकारहरू बताउँछन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।