काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको विश्वासको मत लिने प्रस्ताव असफल बनाउन अनुपस्थित भएर भूमिका खेलेका नेता माधवकुमार नेपालले वक्तव्य निकालेका छन् ।
ओलीले विश्वास गुमाएर पदमुक्त भएपछि वक्तव्य जारी गर्दै नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिनु देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक रहेको दाबी गरे ।
आज सोमवार साँझ प्रेस वक्तव्य जारी गर्दै नेता नेपालले पार्टी एकताका लागि ओलीलाई विगतमा गल्ती सच्चाउन पनि आग्रह गरे । ‘पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीका उपर्युक्त कामकारबाहीका कारण उहाँलाई राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा लगायत कुनै पनि दृष्टिबाट विश्वासको मत दिन उचित हुँदैनथ्यो,’ वक्तव्यमा उल्लेख छ, ‘उहाँका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नको लागि आ–आफ्नो स्थानबाट योगदान गर्नु सबै देशभक्त, लोकतन्त्रप्रेमी राजनीतिकर्मी तथा जनसमुदायको कर्तव्य हुने भएकोले सोही अनुरूप हामीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने र प्रतिनिधिसभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेका हौं ।’
प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानमाथि पनि प्रहार गरेको नेपालको आरोप छ । ‘यसरी उहाँले नेपालको संविधान, लोकतन्त्र, राष्ट्रिय हितका साथै नेकपा एमालेको विधान, विधि, सिद्धान्त, नीति र आदर्श विपरीतका काम–कारवाही तीव्र पार्दै देश, जनता र लोकतन्त्रको भविष्यलाई नै खतरातर्फ धकेलिरहनुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रियहित, स्वाधीनता र स्वाभिमानमा आँच पुग्ने किसिमका गतिविधिहरू गर्दै राज्यलाई नै कमजोर तुल्याइरहनु भएको छ,’ वक्तव्यमा उल्लेख छ ।
पढ्नुहोस् पूर्णपाठ –



मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।