आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेभित्र माधव नेपाल समूहका यी ८ सांसदले गरे विद्रोह, केपी ओलीलाई मतदान !

एमालेभित्र माधव नेपाल समूहका यी ८ सांसदले गरे विद्रोह, केपी ओलीलाई मतदान !

  • मिडिया डबली
  • सोमवार, बैशाख २७ २०७८

  • 6.3K
    SHARES

  • एमालेभित्र माधव नेपाल समूहका यी ८ सांसदले गरे विद्रोह, केपी ओलीलाई मतदान !

    काठमाडौं – नेकपा एमालेभित्र विवाद चर्किएका बेला असन्तुष्ट माधवकुमार नेपाल समूहका ८ जना सांसद अन्ततः अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका छन् ।

    प्रधानमन्त्री ओलीको आग्रहमा ८ जना सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा सहभागी भएका छन् । नेता नेपाल समूहले भने बैठकमा नजाने निर्णय गरेको थियो ।

    ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार बोलाइएको बैठकमा नेपाल समूह अनुपस्थित हुने जनाइएको थियो । पार्टीभित्रको विवाद नमिलाएको भन्दै नेपाल समूह असन्तुष्ट थियो ।

    प्रतिनिधिसभा बैठकमा सहभागी हुने सांसदमा राजबहादुर बुढा, ध्रुव शाही, गंगा चौधरी, समिना हुसेन, पार्वती विसुंखे, हिराचन्द्र केसी र बिना बुढाथोकी मगर छन् । जसमध्ये बुढा, शाही र केसी प्रत्यक्ष निर्वाचित सांसद रहेका छन् ।

    बैठकमा गएका ८ सांसदमध्ये कलिला खातुन केही समय बैठकस्थलमा गएर फर्किएकी स्रोतले जनाएको छ ।

    आफ्ना माग पूरा गर्न नेपाल समूहले दिएको अल्टिमेटम ओलीले नमानेपछि बैठकमा नजाने निर्णय भएको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend