काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका सांसदहरू सामूहिक राजीनामा दिन संसद सचिवालयमा भेला भएका छन् ।
वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहका सांसदहरू सिंहदरबारस्थित संसद सचिवालयमा आइरहेका छन् । नेता नेपालले सिंहदरबारमा भेला हुन सबैलाई आह्वान गरेका थिए ।
प्रधानमन्त्री ओलीलाई नेता नेपालले दिएको बिहान ९ बजेसम्मको अल्टिमेटमसम्म माग पूरा नभएपछि संसद सचिवालयमा राजीनामा बुझाउने तयारीमा भएको छ ।
संसद सचिवालयमा भेटिएका एमाले सांसद झपट रावलले एमाले पार्टी सकिएको घोषणा गरे । अनेकौं प्रयास गर्दा पनि अध्यक्ष ओलीले पार्टीलाई फुटतिर लगेको आरोप लगाउँदै उनले एमाले एकता सकिएको बताए ।
‘लगभग एमाले पार्टी विभाजन भयो । ओलीले पार्टीलाई छिन्नभिन्न बनाएरै छाड्नुभयो । हाम्रो पत्रको जवाफ दिन पनि चाहनुभएन,’ सांसद रावलले भने, ‘सांसदबाट राजीनामा सहितका कठोर निर्णयका लागि औपचारिक घोषणाका लागि मात्रै हामी बैठक बस्न लागेका छौं ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।